गन्धर्व दाइको सारङ्गीले, बसका यात्रुको आँखामा आँसु बर्रर...!(भिडियाे सहित)
नसोध मलाई कहाँ लाउँछ माया, मनमा छ हेर
काठमाडौं,३ असोज । असाेज २ गते बुधबारको दिन । बाहिर चर्को घाम थियो । गौशालामा पशुपतिनाथको दर्शन गर्न पुगेका हामी दर्शन गरिसकेर घर फर्किनको लागि चौकी नजिकै बस कुरिरहेका थियौं ।
घडीमा साँझकाे झन्डै ४ बज्न लागिसकेको थियो । नभन्दै चक्रपथको बस आयो । सिट नपाउँला कि भनेर हामी हतारहतार बसमा चढ्याैं । एकछिन पछि गाडी आफ्नै रफ्तारले एयरपोर्टतिर अगाडि बढ्यो । निकै गर्मी भइरहेकाे थियो ।
एयरपोर्टमा पुगेपछि केही यात्रुहरु ओर्लिए भने केही यात्रु चढे । यात्रुसँगै एक जना गन्धर्व दाइ सारङ्गी बोकेर बस भित्र पसे । गाडीमा चढेपछि गन्धर्व दाईले सारङ्गी रेट्दै गीत गाउँन सुरु गरे 'नसोध मलाई कहाँ लाउँछ माया मनमा छ हेर' ।
बस स्पिडमा थियो । झ्यालबाट आएको शीतल हावामा मिसिएको गन्धर्व दाइको गीतले गर्मीमा झनै शीतलता दिँदै थियो । दु:ख र पीडालाई टुक्कामा मिलाउँदै उनी गीत गाउँदै थिए । मैलो कपडा, हातभरी काँडाले कोतारेको जस्तो चोटहरु देखिन्थ्यो । तिनै घाइते हातले सारङ्गी रेट्दै दु:ख व्यथा कहँदै थिए उनी ।
मलाई उनको बारेमा जान्न मन लाग्यो । नजिक हुँदै मैले केही कुरा सोधें । उनी दाङका कृष्ण गन्धर्व रहेछन् । उमेरले ३८ वर्ष पुगेका उनको दिनचर्या यसै गरी सारङ्गी रेट्दै बित्दोरहेछ ।
कहिले घर आँगन, कहिले सडक, कहिले बसहरूमा गीत गाउँदै सारङ्गी रेट्दै हिँड्दा रहेछन् उनी । दयाले दिएको पैसाले जीविका चलाउँदा रहेछन् ।
गाडीमा चढेका मनकारी मान्छेहरूले केही पैसा दिए । यात्राको शुभ आशीर्वाद दिएर उनी कोटेश्वरमा झरे । झरेपछि उनका वेदनाका बारेमा यात्रुहरुले कुरा गर्दै थिए । भन्दै थिए, 'विचरा ! यसरी कतिन्जेल चुलो बाल्ने होला ? गन्धर्वहरूकाे रक्षाका लागि राज्यले केही व्यवस्था गर्दिए त हुन्थ्यो ।'
साँच्चै हिजाे समाजकाे मनाेरञ्जनको माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र संचार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको त्याे पुरानो पेशालाई विस्थापित गर्दैछ । त्यसैले त गाउँ घरमा गाईने सन्देशमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन अब विस्तारै छाड्दै छन् ।

प्रतिकृया दिनुहोस