• मंगलबार-असोज-१-२०८१

रैथानेको चंगुलमा मन्त्री र सचिव !

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीलाई कर्मचारी सरुवामा केही रैथाने कर्मचारीहरुले फनफनी घुमाएको खवर बाहिर आएको छ । प्रशासन महाशाखाका प्रमुख सहसचिव विष्णु ज्ञवालीले पनि ती कर्मचारीलाई तह लगाउन सकिरहेका छैनन् । मन्त्रालयमा लामो समय बसेका रैथाने उपसचिव कमल भट्टराई, एमाले निकट प्रशासन शाखाका केशव पार्धे, माओवादी केन्द्र निकट भविन्द्र कार्की र नायवसुब्बा बामदेव ओलीलगायतले अन्तर मन्त्रालय कर्मचारी सरूवाको सरुवामा हालीमुहाली नै चलाएको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।


उनीहरुले कर्मचारीको कर्मचारीको खटन पटनमा दामकाम मिलाएर मात्र फाइल उठाउँदै मन्त्री, सचिव र प्रशासन महाशाखा प्रमुखलाई फनफनी घुमाउने गरेको समाचारस्रोतले दावी गरेको छ । स्थानीय तहका कर्मचारीहरूको सरूवामा पनि उनीहरूकै हालीमुहाली चल्ने गरेको बताइन्छ । सचिव सुवेदी र मन्त्री गुप्ता पनि यी कर्मचारीका अगाडि निरीह हुँदै उनीहरूले जे भन्यो, सोही निर्णय गर्न बाध्य हुँदै आएको स्रोत बताउँछ । प्रशासन महाशाखा प्रमुख ज्ञवालीलाई पूर्वमन्त्री भानुभक्त जोशीले लगेका थिए ।


उनलाई पनि मन्त्री गुप्ताले अन्यत्र सरुवा गर्न नसक्दा मन्त्रालयमा अस्वभाविक रुपमा हैकम बढेको स्रोतको भनाई रहेको छ । अन्तर मन्त्रालय सरूवाका लागि हजारौं निवेदन परेका छन् । जसमा बिचौलियामार्फत थैली बुझेर सरूवा गर्र्ने तयारी माथि उल्लेखित कर्मचारीहरुले गरिरहेको जानकार स्रोतले दावी गरेको छ ।


मन्त्रालयमा राष्ट्रिय कर्मचारी संगठन हुँदै अहिले एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्व कम्प्युटर अधिकृत उमेश पराजुलीको पनि अस्वभाकि रुपमा चलखेल बढेको कर्मचारीहरु बताउछन् । उनी पनि कर्मचारी सरूवामा चलखेल गरेर राम्रै योजनामा रहेका छन । उता मन्त्री गुप्ताका निजी सचिव अमित ढुंगानाले पनि सरूवामा निकै चासो राखेर सहसचिव ज्ञवाली र शाखा प्रमुखहरुलाई नाम टिपाउने गरेको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)
 

प्रतिकृया दिनुहोस