• बिहीबार-फाल्गुण-२९-२०८१

अब कि बार जे सुकै होस यार....!

(१) ई.सं.२०१९ को चुनावमा दिनको ७ घण्टा करिब २ महिना त भारत कै चुनावको लागि मरिहत्ते गरेर सञ्चार माध्यममा झुण्डिएको र त्यसबारे एउटा पुस्तक नै तयार गरेर केही अंश प्रकाशित भएपनि बाँकी पाण्डुलीपिको टाईप नै बाँँकी छ । घरमा पनि छक्क परेका छन् खै भारतीय चुनावप्रति कुनै वास्ता नै छैन यसपाली भनेर ।


बिहान घरबाट बाहिर निस्केपछि टोलबासीहरु, साथीभाईहरु जिस्क्याउँने गर्छन‘ बराल सर अव कि बार....’ यसाे हात उठाएर कुनै जवाफ नदिई हाँसेर घर फर्किन्छु । मन मानेन एउटा हिन्दीमा कविता लेखेँ–
 
 

(१क) ‘कौन जायेगा उशपार यार ?’

अव कि बार जो जाय उसपार


क्या फरक पड्ता है यार ।


नेपाल मामुली देश तो है,स्वभिमान से कहाँ जी सकता है यार


बेशी दिखाता है तो लग जाती है नाकाबन्दीका तार


कुछ बदलाव नहीँ होने वाला है यार ।


वो सरकार बनाता भी है गिराता भि है


नेता सब तो उनके आगे हो जाति है लम्पसार


जो जाय उशपार मौशमी नेपाली नेताओँ को


उशका ही है इन्तजार


क्या फरक पड्ता है यार ।


चावल उसिका उशिका है दाल


जितना पार जो करे नेपालीओँ को व सोचता है कङ्गाल


उनको मालुम है जिना है तो हो जाएङ्गे हमारा दलाल
क्या फरक पड्ता है यार ।


ये पार करेगा ता पहनो पहनाओ


गेरु रङ्ग के चोली–फरिया–कुर्ता–गम्छी–धोती और सलबार


वो पार करेगा तो जी अव जरुर खुला रखना पशपतिनाथ कि द्वार


समझ गए होङ्गे न अव वही पुराना गल्ती ना करना यार


अव कि बार जितना सौ करे पार


क्या फरक पड्ता है नेपालीयोँ को यार ।

   
(२) जेठमा चुनाव नगरी अब देखि कार्तिक मंसिरतिर गर्दा घामको प्रकोपबाट मतदाता बच्ने थिए भनेर आवाज उठेको थियाे, भारतमा ।  बाफ रे नेप घरमा कोही मान्नु पर्ने पाहुना–परदेशी आए भने त कति विजोग हुन्छ ।

 

भारतका प्रशिद्ध भाषाविद,व्याकरणाचार्य–श्री मोतीलाल विजयवर्गीयकी छोरी साहित्य लेखिका डा.सीमा विजयवर्गीयले मलाई मेसेञ्जरमा जेठको यो धपक्कै  बलेको बेला जेठाजु–जेठ  घरमा आए कठिन हुने सङ्केत दिएको एक दोहा पठाई दिनु भएछ ।

 

मैले नेपालीहरुले त गर्भै देखि बुझेका नभए एकता कपुरको हिन्दी सिरियल विश्वविद्यालयबाट सिकेकाले नबुझ्ने त पक्कै  नेपाली छैनन् भनेर हिन्दीमा नै प्रस्तुत गरेको छु–

 

(२क) ‘घर मेंँ मचा,हा हा हा हुडदङ्ग’

 


रोबदाब रखता हुआ,अपनी मूँछेँ तान ।


जेठ हठीला आ गया, बनकर के मेहमान ।।


जीन्स–टाप के दिन गए,सर पर चुन्नी तान ।


घूँघट कर निकलेँ सभी,रखेँ जेठ का मान ।।


दिन मेँ बादल छा गए,जब छीटोँ के सङ्ग ।


उडे–उडे से हो गए,तभी जेठ के रँग ।।


कमरोँ मेँ दुबके हुए, बच्चे भी हैंँ तङ्ग ।


नन्हा भी खेले नहीँ,जेठूते के सङ्ग ।।


सास जेठ से कह रही,होकर कुछ लाचार ।


बहुएँ अब पीहर चलीँ,सूना कर घरबार ।।


एक पैर पर नाचती,जो अपने ससुराल ।


पीहर मेँ बच्ची बनी,घूम रही खÞुशहाल ।।


गर्मी की छुट्टी हुई,खेल रहे सब सँग ।


नाना के घर मेंँ मचा,हा हा हा हुडदङ्ग ।।

(३) भारतका परिवर्तन पक्षधर साहित्य लेखक मनिष आजादले ०२ जुन ई.सं.२०२४ को सामाजिक सञ्जालको भित्तामा “टोलस्टोयले अन्नालाई नकारात्मक रूपमा चित्रण गर्न खोज्नु भएको थियो भनेर पनि भनिन्छ । तर, उहाँ इमान्दार रचनाकार हुनु भएकाले अन्नाको चरित्रमा डुब्दै जाँदा उनीप्रति सहानुभूति बढ्दै गएर अन्त्यमा उपन्यासमा अन्ना सकारात्मक पात्रको रुपमा उर्लदी भईन” भन्दै साझा गर्नु भएको देहायको कविताबाट सम्बन्धको फाइदामा समाजको नैतिकताको भूमिकाको सीमा कहाँसम्म हुन्छ भन्ने महसुस गर्न सकिन्छ ।

 

मैले कविता मन पर्यो नेपालीमा अनुबाद गर्न शीर्षक रहेनछ भनेपछि उहाँले खुसी भएर सरले जे शीर्षक दिएपनि मलाई मञ्जुर छ भनेपछि मैले शीर्षक राखेर कवितालाई क्रमबद्ध गरेर प्रस्तुत गरेको छु –


(३क) ‘अन्नाको जवाफ टोलस्टोयलाई’


समाजमा फेरि कसैले पनि,अन्ना करेनिना बन्ने कोशिश न गर्नु,यही दृढ़ निश्चयका साथ,टोलस्टोय लेख्न बस्नु भयो । तीस पृष्ठसम्म पुग्दै गर्दा अन्ना शब्दहरुबाट निक्लेर टोलस्टोयको टेवलमा एउटी सुन्दर सानी पुतलीमा अवतरित हुन पुगिन । ‘टोलस्टोय तपाईं म प्रति यति कठोर किन हुनु भएको ?’, टोलस्टोयले ठाडै जवाफ दिनु भयो,‘तिमीले धोका दियौं’,‘कसलाई ?’,आफ्नो पति करेनिनसँग, समाजसँग ।


  तिमीले त आफ्नो प्रेमी व्रोन्स्कीको लागि,आफ्नो छोरालाई समेत त्याग दियौ, अनि तिमी मसँग म नरम भै दिए हुन्थ्यौ भन्ने आशा गर्छेउ ?अ न्ना ज्यूँदो हुँदै देखि । यस्ता कुराहरु सुन्ने उनलाई बानी परिसकेको थियो ! त्यसैले होला उनको मुहारमा कुनै भाव झल्केन ।

 

अन्नाले सीधै प्रश्न गरिन,धोका केहो ? माया प्रीति के हो ? समाज के हो ? टोलस्टोयले यश कुरामा आफ्नो वजनदार दर्शन राख्नु भयो ,अन्ना प्रभावित नभैकन भनिन्,एउटी नारीलाई के चाहिन्छ,प्रेम र सम्मान,व्रोन्स्कीले मलाई दुवै दिनुभयो ।


 यसैले मैले आफ्नो पतिलाई छोडेर व्रोन्स्कीसँग गएँ, अनि आमाको दायित्व ? टोलस्टोयलाई लाग्यो कि यो प्रश्नले अन्ना निरुत्तर हुनेछिन,तर अन्नाको जवाफ थियो,‘केरेनिनले मेरो छोरालाई म बाट खोस्यो,म खालि आमा मात्र हैन,एउटी नारी पनि थिएँ,स्वतन्त्र नारी, माया प्रेम र सम्मानको आकांक्षा राख्ने’ । ‘तर व्रोन्स्कीले पनि त तिमिलाई धोका दिए त,आखिर तिमिले त केही पाएनौ ?’


 यो कुरा तपाईंले व्रोन्स्कीलाई नै सोध्नु,मैले त सिर्फ माया गरेको थिएँ, एउटा निर्दोष-अन्जान माया गरेको थिएँ ! त्यसपछि समाजको नैतिकता के भयो ? नैतिकताको कुरा आउने बित्तिकै अन्ना रिसले उफ्रिइन,‘तपाईंको समाजको नैतिकता, माकुरोको त्यो जालो जस्तै हो, जहाँ नारीको स्वतन्त्रताको घाँटी अठ्याइन्छ,उनको प्रेम, उनका सपनाहरुको घाँटी अठ्याइन्छ, जशरी मेरो घाँटी अठ्याइयो, मेरो घाँटी अठ्याइँदा तपाईंको समाजको नैतिकता बच्यो ?


  साँच्चै नै भन्नु पर्दा मैले त खाली माया प्रेम गरेको थिएँ, बगेको नदी जस्तै निश्चल प्रेम ।’ ‘भैगो छोड्दिनुस् टोलस्टोय,ल भन्नुहोस् त, यदि तपाईं मेरो स्थानमा हुनुभएको भए के गर्नु हुन्थ्यो ?

’टोलस्टोयले सिगार सल्काउनु भयो,बेचैन भएर कोठामा यताउती गर्न थाल्नु भयो,अनि विस्तारै गंभीर आवाजमा भन्नु भयो,‘त्यही गर्थेँ जुन तिमीले ग¥यौ’,यो सुनेपछि अन्ना करेनिना पुनः शब्दहरुमा विलय भईन् ।
 

( प्रतिकात्मक छविचित्र श्रेय : सम्मानीय प्रम मोदीजीको सीएनवीसीबाट । राहुल कन्हैया कुमार सामाजिक सञ्जालबाट । हँसिया हथौडा महिला तथा पेण्टर सहितको सीपीआई लिवरेशनको नाम उल्लेखित ब्यानर सामाजिक सञ्जालबाट । डा.सीमा विजयवर्गीयको नीजबाट उपलब्ध ।  मार्फत गुगल इनटरनेत पहूँच तथा अधोभार २४ मे देखि जुन ०३ ई.सं.२०२४ सम्म नेपाली समय दिनको ४.५७ बजे) ।

 


 

 

प्रतिकृया दिनुहोस