• बिहीबार-बैशाख-२०-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

‘मिलाएर दिनुस् न’, सार्वजनिक यातायातमा ज्यास्ती प्रयोग हुने थेगो हो ।
खासमा तोकिएको भाडा भन्दा बढी मागेको मगन्ते भाका हो, यो ।
तर सबले बुझेका छन, पचाएका छन् र चलाएका पनि छन् ।
आजकाल त पठाओ र ईन ड्राइभका चालकका जिब्रोमा पनि यसलाई हालिएको छ ।
राइड सेयर गर्नेहरु चाहिं अलिक लजाएर भन्छन्,
मिलाएर दिनुस् न हौ ।
तोकिएको भाडा भन्दा बढी मागेको यो डिजिटल भर्सन हो ।
शेयर राइडरको मिलाएर दिनुस्को भाका तिनको सप्mटवेयरले मागेको भन्दा बढी  हो ।
तिनलाई समेत डिजिटल औकातले सुझाएको भाडा पुगि राख्या छैन ।
त्यति मात्रै बुझिन्न भनेर नपुग्ने भा’को छ ।
यसले समकालीन समाजकै फेरिंदो कुन्ठा बोलिराख्या छ भनेर बुझ्न थालिएको छ । 
अहिले मिलाएर दिनुस्को यै भाकामा नयाँ नयाँ संस्करण देखा परिराख्या छन् ।
नेपालको राजनीतिमा पछिल्ला दिनहरुमा देखा परेका नयाँ भनाउँदाहरु
र, स्वतन्त्र देखाउन पर्ने तुजुक बोकेकाहरु पनि
मिलाएर दिनुस् थेगोलाई प्यारो बनाउन लागि परेका छन् ।
नयाँ भनाउन हुटहुटी बोकेकाहरु र पुरानोबाट आजित परेकाहरुलाई
तिनकै विवेक, तिनकै ज्ञान र तिनकै आचरणहरुमा धरासायी भेटिनु
ठुलो कुरा हुने छैन  र होइन पनि  ।
तर, आजभोलि तिनले प्रयोग गर्ने गरेको मिलाएर बुझि दिनुको थेगोले
तिनीहरु भित्र कट्कटिएर बसेको व्यभिचार देखाउंछ, त्यो चाहिं रोचक हो ।
यिनीहरुको अनुहार राइड शेयर गर्नेहरुको लजाएको अनुहारसित काटीकुटी मिल्छ ।
मिलाएर बुझि दिनुस् न हौ, हामी नयाँ नयाँ हौं ।
सप्पैलाई थाहा छ, मुलुकको गरिबी प्रोजेक्ट गरिएको हो ।
नत्र, हरेक नेपालीसित एउटा जिन्दगी पुग्ने मनग्गे छ ।
सबलाई सबको अनुहार पनि थाहा छ ।
हिजोसम्म एक कप चियाको पैसा तिर्न नपुग्नेहरु 
करोड पर्ने गाडी चढेर तपाईं अघिल्तिरबाट बाटो काटी रहेको भेटिन्छन् भने
तपार्इंको मनमा प्रश्न त उठ्नु पर्ने हो नि ।
कसलाई मुर्गा बनायो भनेर ।
यो प्रश्न तपार्इंसित उठ्दैन र तपाईं शान्त देखिनुहुन्छ भने
यो मुलुकको सहकारी डुबाउने सबभन्दा भ्रष्ट नाइके तपार्इं नै हो ।
रातारात करोडौं करोड लगानी गरेर टेलिभिजन खोलिन्छ
मुलुकमा एक से एक उद्यमी वा एक से एक उद्योगपति
बिज्ञापन बजार थाहा नभएर चुपचाप हेरिबस्या छन भने
तपाईंलाई लाग्छ, ती राष्ट्रिय पुँजीपति होइनन् भने
यो मुलुकको बौद्धिक व्यभिचारी तपाईं पनि हो ।
उद्यमशीलतामा सिन्को नभाँचेकाहरु
तपाईंलाई दिग्भ्रमित बनाएर नयाँ हुन खोजिरहेका छन् ।
तपाईं पत्याई दिने सबभन्दा ठुलो देशद्रोही हो ।
बाटोको एउटा ढुङ्गा टिपेर हिर्काइ मात्रै हेर्नुस् त
अकुत र अनाधिकृत कमाउनेहरुको दोहोलो काढिने छ ।
मिलाएर बुझि दिन छोडी दिनुस् त
तिनको व्यभिचार नाङ्गिन्छ ।
तिनलाई तिनकै पहिचानमा देख्न पाइने छ ।
यो मुलुकसित व्यभिचारीहरुको कमी होइन, मित्र ।
कमी मात्रै तपाईं आफूसित हुन नसकेको मात्रै हो ।
तपार्इं आफैं हुन छोड्नु भएको छ, कि
अनि सबलाई दोषी देख्नु हुन्छ ।
आजभोलि चेलीहरु सती जान छोडेका छन, हाम्रातिर ।
तर, पनि सतीका दुःखी आत्माहरु भट्की रहेका भेटिन्छन् ।
सरापहरु बान्ता भई रहेका छन् ।
तपाईंलाई त्यै बान्ता मुलुकमा मिलाएर बुभ्mनु परिरहेको छ ।
त्यति मात्रै दुख्छ † (साँघु साप्ताहिक, २०८१ वैशाख ३)

 

प्रतिकृया दिनुहोस