• शुक्रबार-जेठ-४-२०८१

शरीरका लागि फाइबर किन आवश्यक ?

 

 स्वस्थ शरीरका लागि भोजनमा सबै प्रकारका पोषकतत्वहरु हुन जरुरी हुन्छ । यस्तै महत्वपूर्ण तत्वहरुमा पर्दछ फाइबर । पाचनतन्त्र बलियो बनाउनका लागि फाइबर निकै महत्वपूर्ण हुन्छ । यसले पेटको स्वास्थ्य राम्रो बनाउँछ । कब्जियत, अपच जस्ता समस्याहरुबाट सुरक्षित राख्न फाइबर आवश्यकता पर्दछ । 


आलस : आलसमा फाइबरको साथसाथै फोलेट पनि प्रशस्त हुने गर्दछ । यसले शरीरको मेटाबोपिलज्म बुस्ट गर्नुका साथसाथै शरीरमा शक्ति प्रदान गर्दछ । आलसको बिउलाई भिजाएर वा भुटेर सेवन गर्न सकिन्छ । 


काँक्रो : काँक्रा फाइबरयुक्त गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले पेटको स्वास्थ्य राम्रो हुनुका साथसाथै शरीरमा खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ । काँक्राको सेवनले शरीरमा पानीको पूर्तिसमेत गर्दछ । 


केरा : केरा फाइबर र प्रोबायोटिक गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा तुरुन्त उर्जा प्रदान गर्दछ र पाचनलाई दुरुस्त बनाउने काम गर्दछ । 


मेवा : मेवा फाइबरको राम्रो स्रोत हो । यसले पाचनसँग समस्या कम गर्न मद्दत गर्नुका साथसाथै पेट सफा राख्दछ । 


अनार : अनारमा फाइबर, आइरन, भिटामिन के, सी र बी, पोटासियम जिंक तथा ओमेगा ३ जस्ता फ्याट्टी एसिड हुने गर्दछ, जुन शरीरका लागि एकदमै आवश्यक पोषकतत्व हुन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस