• शनिबार-असार-१५-२०८१

लर्डबुद्ध फाउण्डेशन पीएम कप क्रिकेटको प्रयोजक

 

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको छ । 

 

सबैभन्दा ठूलो घरेलु प्रतियोगिताका रूपमा हेरिएको प्रधानमन्त्री कपको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरे ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोशाक लगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ । शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउण्डेशनका अध्यक्ष कालानले बताए ।


क्यानका सचिव पारस खड्काले फाउण्डेसनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद रहेको खड्काको भनाइ छ ।
 

 

प्रतिकृया दिनुहोस