काठमाडौं । २०८१ चैत १५ गते शुक्रबार भएको राजतन्त्रवादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृ त्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
चैत १५ गते शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजतन्त्रवादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दावी छ ।
तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागी भएको गृह मन्त्रालयको भनाइ छ ।
गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन् । पसल लुटपाट गर्ने आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानूनी कारवाहीलाई ल्याइनेपनि गृह मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस