• बुधबार-चैत-२०-२०८१

प्रधानमन्त्री ओलीको चैत १८ गतेका कार्यक्रम, संसदमा सम्बोधन, साँझ मन्त्रिपरिषद्को बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आजका मुख्य कार्यक्रमहरु सार्वजनिक भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार, आज २०८१ चैत १८ गते दिनकाे  ११ः०० बजे, सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा सम्बोधन कार्यक्रम रहेकाे छ । आजै  साँझ १७ः०० बजे, मन्त्रिपरिषद्को बैठक, प्रधानमन्त्री निवास, बालुुवाटार बस्ने भएकाे छ ।


घाेषित कार्यक्रम अनुसार, प्रधानमन्त्री ओली २०८१ चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । 

 

प्रधानमन्त्री ओलीबाट समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

प्रतिकृया दिनुहोस