काठमाडौं । राजतन्त्रवादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।
मिति २०८१।१२।१५ गते अपरान्ह ४ः२५ बजेदेखि मिति २०८१।१२।१५ गते रातिको लागि कर्फ्यू आदेश जारी भएको हो ।
प्रतिकृया दिनुहोस