• शुक्रबार-चैत-१६-२०८०

पवित्र संस्थामा सेनाको तल्लो दर्जाबाटै तलकै दर्जा पीडित

 

श्रीमान सम्पादकज्यू, साँघु साप्ताहिक,

नेपाली सेना एउटा पवित्र संस्था भएतापनि यो संस्थालाई बिगार्ने व्यक्ति तलकै दर्जालाई पनि एक अभिन्न अंगको रुपमा लिइएको छ । 

 

प्रसंग : सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) यस विभागमा ब.का.सि. देखि उपरथीसम्म कार्यरत छन् । त्यस विभागभित्र पनि विभिन्न विभागहरु रहेका छन् । जसमध्ये एउटा विभाग हो, लेखा शाखा । त्यसै विभागमा दरबन्दीदेखि लिएर काज गरी ४/५ जना कर्मचारी रहेको छ । त्यस विभागबाट आर्थिक कारोबार गरिन्छ । जसमध्ये सो महानिर्देशनालयको अधिकृतहरुले मासिक रुपमा पाउँदै आइहरेको पेट्रोल पनि त्यसै शाखाबाट वितरण गरिन्छ । 


  तत्कालीन उपरथी डा.अरुण न्यौपानेले त्यस विभागमा कार्यरत अधिकृतहरुले पाउने गरेको पेट्रोल अलिअलि घटाएर त्यसै विभागमा कार्यरत पदिकदेखि तलको दर्जालाई पनि दिने भन्ने आदेश दिएका थिए । पहिले पहिले त दिइयो पनि तर, केही महिनादेखि उक्त विभागका लेखा अधिकृत (लेखा सहसेनानी) दयाराम गिरी आएपश्चात सोही विभागमा लामो समय विगत ४ वर्षदेखि काजमा रहेका वीरेन्द्र अस्पतालका प्रा.अम.(हाल लेखा), सितास्मा केसी सोही अस्पतालका हु.विष्णु क्षेत्री र त्यसै विभागको दरबन्दीमा रहेका लेखा सु.क.देवराज कार्कीले विभिन्न कुरा लगाई ‘हजुर यो यस्तो, त्यो त्यस्तो मानिस हो’ भनेर कुरा लगाई ती अधिकृतले एकपक्ष कुरा सुनि उनीहरुको सल्लाहअनुसार पेट्रोल वितरण गर्दै आइरहेका छन् ।

 

जर्साबलाई हस्ताक्षर गराउने लिस्टमा सबैजनाको नाम र पछि पेट्रोल वितरण गर्ने लिस्ट छुट्टै बनाई सोही विभागमा कार्यरत कर्मचारी तिनैजनालाई महिना नबिराई १५/२० लिटर र अन्य विभागका पदिकदेखि तलकालाई २/३ महिनामा ५, ८, १० र १५ मान्छे हेरी हेरी वितरण गर्ने गरेको हामीले थाहा पाएका छौं । त्यस विभाग स्टाफबाट कार्यालयको काम भन्दा दिनभरी सेयर कारोबारमात्र हुने गरेको देखिन्छ । 


जुन विभागबाट नेपाली सेनाले सहुलियतमा प्रयोग गर्दै आइरहेको गाडीमै आवातजावत गर्ने कर्मचारीलाई भने महिनौं १०÷१५ लिटर पेट्रोल र सोही महानिर्देशनालयमा बिहानदेखि बेलुकासम्म हाकिमको चिया नास्ता र हात फुटाई फुटाई भाँडा माझ्ने तलका दर्जालाई ५/८ लिटर त्यो पनि २ देखि ३ महिनामा दिइएको छ । पेट्रोल वितरणमा भेद्भाव गरिएको छ । टाठाबाठा र अधिकृत निकटले फकाएर चमहे जति पेट्रोल हाल्ने गरेका छन् । 


  त्यसै लेखा विभागमा विगत ४ वर्षदेखि काजमा रहेका प्रा.अम.सितास्मा केसी (हाल लेखा अम) ले हामीलाई सिटामोल माग्दा १ देखि २ वटा ट्याब्लेट दिने र उनको मनपर्ने हाकिम वा तलको दर्जालाई १ देखि २ पत्ता दिएर विभेद् गर्दै आएकी छिन् । लेखाको सम्पूर्ण सामान उनकै हातमा छ । कुनै कार्यक्रमको लागि सामान किन्ने जिम्मा उनकै हातमा छ ।  सामान किन्दा व्यक्तिगत फाइदा लिने गरेकी छिन् । उनले जे जस्तो गरेपनि हाकिमद्वारा छुट्ट्याइएको सेवा सुविधा सबैलाई समान होस् । पेट्रोल आफूखुसी मनपरी वितरण नगरियोस् ।

 

आफ्नै अफिसमा दुःख गर्नेलाई समान रुपले पेट्रोल वितरण नगर्ने तर हाकिमलाई चाप्लुसी गर्नेहरुका लागि हाकिम निकटकालाई पेट्रोल बाँड्ने काम बन्द गरियोस् । यस विषयमा महानिर्देशनालयका अन्य विभागका हाकिमको पनि ध्यान जाओस् भन्दै यसै पत्रिकामार्फत आग्रह गर्दछौं । धन्यवाद ।  –नेपाली सेनाका पीडितहरु 

प्रतिकृया दिनुहोस