• शुक्रबार-बैशाख-१४-२०८१

दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

काठमाडौं, १३ असोज : दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता  निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् ।

 

घटस्थापनादेखि २०७९ असाेज १२ गते बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायातमार्फत बाहिरिएका छन् ।

 

यो संख्या झनै बढ्ने आकलन गरिएको छ । असाेज १४ गते शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।

 

ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।

 

यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ । 

 

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

न्युज कारखाना

प्रतिकृया दिनुहोस