• सोमबार-बैशाख-२४-२०८१

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस