• सोमबार-बैशाख-२४-२०८१

नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

 

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

 

जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।

 

नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

 

सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ ।

 

सूचनाको विस्तृत जानकारी यस लिंकमा गएर जान्न सकिन्छ- https://vacancy.nepalarmy.mil.np/

 

 

प्रतिकृया दिनुहोस