• सोमबार-माघ-१४-२०८१

रहेनन् सांसद एवं प्रतिष्ठित व्यक्तित्व र सफल व्यवसायी केसी 

 

काठमाडौं । प्रतिष्ठित व्यवसायी एवं प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । 


केसीको २०७७ कात्तिक १७ गते  राति १०ः३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ६३ वर्षीय  केसी सुगर, ब्लड प्रेसरलगायत समस्याबाट पीडित थिए ।  


केसी नेपाली कांग्रेसको समानुपातिक कोटाका सांसद थिए । उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको भूमिकामा समेत थिए । 


उनको अहिले बिहान ९ः३० बजे अत्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जनाएको छ । 


केसी प्रतिष्ठित व्यवसायी हुन् । उनले सन् १९७३ मा केसी कन्स्ट्रक्सन स्थापना गरेका आफ्नो व्यवसाय थालेका थिए । आफ्ना बाबु कीर्तिबहादुर केसीको प्रेरणा लिएर भारतमा रहेका उनले नेपाल फर्किएर निर्माण व्यवसाय थालेका थिए । सुरुमा सडक निर्माण गरेको उनको कम्पनी अहिले जलविद्युत् आयोजना, बाँध निर्माणलगायतका व्यावसायिक काममा अब्बल मानिन्छ । नेपाल आर्मीको भद्रकालीस्थित मुख्यालयलगायतका कैयन संरचना उनी नेतृत्वको केसी ग्रुपले निर्माण गरेको छ । 


केसी कन्स्ट्रक्सन स्थापनाको ८ वर्षपछि केसी ग्रुप स्थापना भयो । यसले हिमश्री फुड स्थापना गरेको थियो । जसले नेपालको चर्चित रारा चाउचाउ उत्पादन गर्दै आएको छ । रारा नेपालको सबैभन्दा पुरानो र गुणस्तरीय चाउचाउ मानिन्छ । 


केसी माछापुच्छे बैंकका संस्थापकसमेत हुन् ।
 

प्रतिकृया दिनुहोस