• शुक्रबार-बैशाख-७-२०८१

प्रेस काउन्सिलद्वारा एक महिनामै अठ्चालीस अनलाइनलाई कारबाही 

 

काठमाडौं । प्रेस काउन्सिल, नेपालले गठन गरेको विद्युतीय आचारसंहिता अनुगमन उपसमितिले असार महिनाको स्वअनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । अनुगमनका क्रममा विभिन्न ४८ वटा अनलाइनले पत्रकार आचारसंहिता २०७३ को उल्लंघन गरेको पाइएको छ । आचारसंहिता उल्लघंन गर्ने अनलाइनलाई उपसमितिले सतर्क गराउने, चेतावनी दिने, अवज्ञाकारी सूचीमा राख्ने, १ हजार ८ सय अनलाइन सूचीकृत भएकोमा सो सूचीबाट हटाउने लगायतका आचारसंहिता उल्लघंनमा देखिएका कमजोरीका आधारमा कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।

 


यसरी कारबाहीमा पर्ने अनलाइनमा अधिकांशले सस्तो प्रचारवाजी गरी आफ्नो अनलाइनलाई सनसनीखेज बनाउने नाममा गलत बाटो अख्तियार गर्न खोज्दा पत्रकार आचारसंहिताको पासोमा परेको देखिन्छ । साथै पाठकलाई भ्रमपूर्ण समाचार सम्प्रेषित गरी समाज र राजनीतिक प्रणालीलाई अस्थिर बनाउन प्रोत्साहन गर्ने दुष्प्रयास समेत गरिएको देखिन्छ ।

 


sajhachautari.com ले २०७६ असार १ गते ‘कर्णाली प्रदेशमा शक्तिशाली भूकम्पको धक्का महसुस, क्षतिको विवरण’ शीर्षकमा समाचार सामग्री प्रसारण गरेकामा प्रेस काउन्सिल, नेपालले समाचार शीर्षक र सामग्रीमा तालमेल नदेखिएको, असान्दर्भिक तस्वीर प्रयोग भएबाट पत्रकार आचारसंहिता २०७३ को दफा ५(७) आकर्षित भएको उल्लेख गरेको छ । osnepal.tv ले असार ४ गते ‘२०६२ र ६३ पछि ठूलो आन्दोलन ! ओली सरकार ढालेर काठमाडौंका नेवार सरकार चलाउने घोषणा’मा प्रसारित सामग्रीलाई अनुगमन उपसमितिले भ्रमपूर्ण आधारहीन समाजमा गलत सन्देश प्रवाह गर्न सहयोग गर्ने किसिमको सामग्री सम्प्रेषण गरेको÷सामाजिक सद्भाव फैलाउने किसिमको सामग्री सम्प्रेषणबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ को ६, दफा ५ (३) उल्लंघन भएको ठहर गरेको छ ।

 


hotpostnews.com ले असार ६ गते ‘अब मासिक ११ हजारमा कार लिनुहोस् ! शेयर गरी जानकारी गरौं !’ भन्ने सामग्री प्रसारित गरेकोमा त्यसले विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गरिएकोले पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा ८ आकर्षित भएकोमा कारबाहीको सिफारिस गरेको छ । smartkhabar.com ले २०७६ असार १२ गते ‘संकटकाल घोषणा गर्ने तयारीमा प्रधानमन्त्री ओली !’ शीर्षकमा प्रकाशित सामग्रीलाई शीर्षकको सूचनालाई तोडमरोड गरी बढी भ्रमात्मक बनाउन खोजिएको, यसबाट समाजमा भ्रमपूर्ण आधारहीन गलत सन्देश प्रवाह गर्न सहयोग गर्ने किसिमको सामग्री सम्प्रेषण गरेको/समामाजिक सद्भाव भड्काउने किसिमको सामग्री सम्प्रेषणबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ ख को उपदफा ६, दफा ५ (३) उल्लंघन भएको जनाएको छ ।

 

reportersnepal.com असार १५ गते प्रसारित ‘मदन भण्डारीको हत्या पार्टीकै नेताहरूले गरेको सनसनीपूर्ण खुलासा’ शीर्षकमा प्रसारित सामग्रीलाई पनि आचारसंहिता उल्लघंनको विषय मानेको छ । उपसमितिले शीर्षक बढी अतिरञ्जित बनाउन खोजिएको, समाचारमा भनिएजस्तो भित्र समाचारमा केही सूचना, जानकारी नराखिएको, यस किसिमको सामग्री सम्प्रेषण भएबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ (६) दफा ५ (३ उल्लघंन भएको उल्लेख गरेको छ । त्यस्तै उपसमितिले शीर्षक रोचक बनाउने नाममा dainiknepal.com को असार १८ गते प्रसारित सामग्रीलाई समेत कारबाहीको दायरामा ल्याएको छ ।

 

‘कान्छीबाट आजित प्रचण्ड जेठी बुहारीलाई राजनीतिमा अघि बढाउ“दै’ शीर्षकको समाचारलाई आधारहीन, भेदभावपूर्ण, एकपक्षीय सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता २०७३ को दफा ४ (६) को उल्लघंन भएको ठहर छ । त्यसैगरी swadeshnepal.com को असार १९ गते प्रसारित समाचारमा ‘केपी ओली सरकारले १५ महिनामा गरेको ३२ अपराधको सूची यस्तो छ’ (भिडियोसहित) शीर्षकमा भनिएजस्तो अपराधका सम्बन्धमा कुनै जानकारी समाचारभित्र उल्लेख नभएको र राखिएको भिडियो सगरमाथा टेलिभिजनको कार्यक्रमको भएको, त्यसमा पनि आलोचना मात्र भनिएको अपराधको उल्लेख नभएको, यस किसिमको सामग्री सम्प्रेषणबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४ (६) को प्रतिकूल देखिने भएकाले कारबाहीका लागि आकर्षिक हुने तथ्य औंल्याइएको छ ।

 


anumodankhabar.com मा असार २५ गते प्रसारित ‘श्रीमान्स“ग मिलेर पूर्वप्रेमीको हत्या‘ शीर्षक समाचारलाई लिएर बीभत्स दृश्यसहितको सामग्री सम्प्रेषण गरिएकाले पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा (६) आकर्षिक भएकोले कारबाहीको दायरामा आउनुपर्ने निष्कर्ष छ । यसका साथै nayapusta.com को असार २७ गते प्रसारित सामग्रीमा ‘साउन २ र १० गते नेपाल बन्द !’ शीर्षकको समाचारलाई बन्दलाई कुनै जात्रा वा उत्सव जस्तो गरी प्रचारप्रसार गरी सर्वसाधारणमा त्रास फैलाउने र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने काम गरेको, बन्दहड्ताललाई प्रश्रय दिने किसिमबाट सामग्रीलाई प्रवद्र्धन गर्दै सम्प्रेषण भई पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा (३) आकर्षिक भएका कारण कारबाही योग्य भएको उल्लेख छ । यता dainiknepal.com  को असार २८ मा ‘घर पुरिदा आमा–छोरीको मृत्यु’ शीर्षकमा प्रसारित सामग्रीलाई बीभत्स दृश्यसहितको सामग्री प्रसार गरिएकाले पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा (६) आकर्षिक हुने जनाइएको छ ।

 


dainiknepal.com को असार ६ गते ‘जमिनमुनि गाडेको शिशुलाई ८ दिनपछि प्रहरीद्वारा ज्यू“दै उद्धार’ शीर्षक समाचारमा बीभत्स तस्वीरको प्रयोग भएकाले पत्रकार आचारसंहिता २०७३ को दफा ५ को उपदफा (६) आकर्षिक हुने कारबाहीका लागि ठहर गरेको छ । त्यस्तै darpandainik.com को असार ८ गतेको ‘यस्ता रोगका बिरामीलाई नियमित सेक्सले फाइदा गर्छ’ भन्ने शीर्षक सामग्रीमा अश्लील तस्वीरको प्रयोग भएकोले पत्रकार आचारसंहिता विपरीत भएकाले कारबाहीका लागि आकर्षित हुने जनाइएको छ ।

 


hamroeconomy.com को असार ९ गते ‘दुनिया“कै सबैभन्दा छाडा विवाह तर यसकारण तस्वीर दुनिया“ले नै गर्दैछन्’ भन्ने समाचारमा अश्लील तस्वीरको प्रयोग भएकाले पत्रकार आचारसंहिता विपरीत रहेको उपसमितिको निष्कर्ष रहेको छ । यसैगरी onlinepana.com को असार २६ गतेको ‘सिटिजन्स बैंकबाट सेवा लिनै मुस्किल † व्याजदर त छोनसक्नु र असार १४ गते ‘सिटिजन्स बैंकको हालत खराब ! सीईओ पोखरेल तनावमा’ शीर्षकमा प्रसारित समचारलाई प्रेस काउन्सिलको विद्युतीय आचारसंहिता अनुगमन उपसमितिले क्रमशः पत्रकार आचारसंहिता २०७३ को दफा ४ को (६) प्रतिकूल र लगातार यस अनलाइनले सिटिजन्स बैंकका बारेमा नकारात्मक समाचार प्रवाह गरेकाले पक्कै पनि झूटो र अफवाह फैलाएर बैंकको लगानी डुबाउन खोजेको देखिएकोले पत्रकार आचारसंहिता विपरीत भएकाले कारबाहीका दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।(साँघु साप्ताहिक, साउन २७)

प्रतिकृया दिनुहोस