• बुधबार-असार-२५-२०८२

नास्तिकताबाट आध्यात्मिक यात्रासम्म (१) : सुसन मास्के र तीन पुस्ताको कथा !

 

नेपालका चर्चित साहित्यकार, सगीत विधाका हस्ती र लेखन साहित्यमा र महिला सशक्तिकरण लगायत ‘अस्मिता” मासिक पत्रिकाकी प्रथम प्रधान सम्पादक सुसनले विस्थापित पत्रकारको डायरी  भनि वर्डप्रेस डटकममा श्रृखालाबद्ध रुपमा आफ्नो आत्मकथा मध्यको एक अंश ‘आमा–छोरी–तीन पुस्ता’ शर्षकको लेखमालाको भाग–११२(आध्यात्म र अन्धविश्वास) पढ्ने अवसर जु¥यो । 


मेरा सहपाठी सुसन विद्यार्थीकालमा नै पनि शान्त, सुशील र गम्भीर प्रकृतिको भएको र उनले आफ्नो आमाप्रति देखाउने भावनाको स्वरूपमा उनले तकिया मुनि सँधैं आफ्नो आमाको फोटो राखेर सुत्छिन् कुरा भन्ने हामी विद्यार्थी हुँदा सुनेका थियौं ।  त्यो कुरा  उनले आफ्नै आलेखमा कतै लेखेबाट त्यसको पुष्टि उनी स्वयम्ले गरेकी छिन् । तर उनीसँग कहिले पनि साक्षात्कार हुने अवसर प्राप्त भएको थिएन् र छैन पनि  ।

 

 प्रस्तुत नेपाली महिलाहरुका तीन आमाको वृतान्त, “उनकी आमा–कृष्णा, उनी आफै–सुसन र उनकी प्यारी छोरी–आस्था ।  आध्यात्मिकता र अन्धविश्वास कसरी पुस्तान्तरण हुँदै जान्छ भन्ने विषयलाई एउटा व्यक्तिगत आख्यानमार्फत बढो मार्मिक र रोचक ढंगले प्रस्तुत गरेका छन् । 


 आत्मा वृतान्त वा लेख कथा भनेको ठाउँको होइन त्यही व्यक्तिको विभिन्न परिवेशको हो । उनले आफ्नो आमादेखि अनि  छोरीसम्मको परिवर्तन देखेका छन्, भोगेका छन् र अनुभूत गरेका छन् । त्यस अर्थमा उनको यो आलेखले चलचित्रको मूर्तरुप लिन सक्छ भन्ने आशा एवम् विश्वास गर्न सकिन्छ । उनले आफ्नी आमाबाट कसरी आध्यात्मिक विश्वास र केही अन्धविश्वासहरू प्राप्त गरिन् र यी विश्वासहरू तेस्रो पुस्ता (लेखिकाकी छोरी) सम्म कसरी पुगेका छन् भन्ने कुरालाई भावनात्मक रूपमा विस्तृतमा व्याख्या गरेकी  छिन् ।


मूल अन्तरवस्तु : विगतको निरन्तरता र पुनरावृत्तिः 


 उनलेले सूफी कवि रुमीको भनाइ “यस्टरडे इज गन, एण्ड टुक अवे इट्स टेल, टुडे वी मस्ट लिभ टु फ्रेस स्टोरी विगेन’’ लाई उद्धृत गर्दै आफ्नो “हिजोले विगतका कथालाई आफूसित नलगेको, बरु मनभित्रै साँचेर गएको’’ बताउँछिन् । 


यसले विगतका अनुभव, विश्वास र परम्पराहरू वर्तमान र भविष्यमा पनि कसरी प्रभाव पार्छन् भन्ने मुख्य अवधारणालाई रामरी प्रस्तुत गरेको छ । “विगतले जुडाव, निरन्तता र पुनरावृतिहरु बनेर पुस्तौ पुस्तापछिको आज र आगतमा पनि चलखेल गर्न सक्दो रहेछ ।’’ भन्ने उनको भनाई ले विगत, वर्तमान र भविष्य बिचको सेतु हुने र यसमा क्रमिकता हुने कुरा बताएकी छिन् ।


बाल्यकालमा आध्यात्मिकताको बीजारोपणः उनको बाल्यकालमा आमाको प्रभावबाट आध्यात्मिकताको जग कसरी बस्यो भन्ने कुरालाई प्रष्ट पारिएको छ । दैनिक पूजा र अनुष्ठानबाट आमा कृष्णाले विहानै उठेर पूजाका लागि फूल खोज्न लगाउने (विशेषगरी पारिजात फूल, जुन भुइँमा खसेको मात्र टिप्नुपर्ने निर्देशन), धूप, बत्ती, फूल, अक्षता, जमराले पूजाथाल सजाउने जस्ता कार्यहरूले बालमनमा गहिरो प्रभाव पारेको रहेछ ।


साथै, मन्दिरको वातावरण र आकर्षणको सन्दर्भमा,  कालीथान मन्दिरको भीड, घण्टीको आवाज र त्यसले मनमा पार्ने प्रभावलाई सुन्दर तरिकाले वर्णन गरेकी छिन् । घण्टीको आवाजमा पनि हरेक हात र मनको कामना अनुसार भिन्नता हुनुले आध्यात्मिकताको व्यक्तिगत अनुभवलाई झल्काउँछ । “घण्टीको टङ्ङ्ग.. कानको पर्दामा पर्दै अनि बाँकी थथर्किएको स्पन्दनहरुमा मधुरो हँुदै, मनमा सोझै गाढिएको महसुस हुनेगर्छ उनलाई । तर, कस्तो अनौठो, बजाउने हरेक अलग हातहरुबाट, घण्टाको बेग्लाबग्लै ध्वनि निस्किन्छ ।’’ यो बच्चा हुँदा हामीले समेत अनुभूत गरेको कुरा उनले लेखिन ।


 सहज विश्वास र प्रार्थना : उनले  सानो छँदा ईश्वरलाई संकटमोचक र मनोकामना पूरा गर्ने माध्यमको रूपमा हेरेकी थिइन् । परीक्षामा राम्रो नतिजाको लागि प्रार्थना गर्ने, मनपर्ने फ्रक पाउन भगवानसँग बिन्ती चढाउने जस्ता प्रसंगहरूले बाल्यकालको सहज विश्वासलाई दर्शाउँछ । “बस दुई हात जोडेर्, मनका सारा ताप, सन्ताप, रहर र चाहनाहरुलाई, ईश्वर अघि बिसाउन मिल्थ्यो मलाई ।’’ भन्छिन् उनी ।     


 भक्ति मार्ग र संगीतको प्रभावः संसारी माइथानमा कीर्तन र भजनको माहौलले भक्तिको भावनालाई अझ सशक्त बनायो । विशेषगरी हार्मोनियम बजाएर भजन गाउने भजन गवैयाको संगीतले भक्तजनलाई आध्यात्मिकतासँग जोडेको र जीवनको क्षणभंगुरताको बोध गराएको कुरा उल्लेख छ । “उनको संगीत, भक्तहरुलाई अध्यात्मसित जोडने सिँढी बनेको थियो । त्यो कलाकारले रचेको शब्द र लयमा जीवनको क्षणभंगुरतालाई बोध गर्दै भक्तजनको आँखा आँसुले टलपलाउन थाल्थ्यो ।’’


उनको आमाको आध्यात्मिक अभ्यासका  विभिन्न आयाम मध्ये, लाखबत्ती बाल्ने, रामायण वाचन गर्ने, व्रत बस्ने जस्ता आमाका धार्मिक क्रियाकलापले उनलाई अनजानमै आध्यात्मिकतातिर डो¥याएको थियो । “अध्यात्मको बीज, मैले थाहै नपाई आमाले मेरो बालमनमा छरिदिइसक्नु भएको रहेछ ।’’ भनि लेखेकी छिन् ।


ईश्वरप्रतिको विश्वासमा  विचलन र नास्तिकताः 


आमाको अस्वस्थता र निधनले लेखिकाको बाल्यकालको ईश्वरप्रतिको विश्वासमा गम्भीर आघात पु¥याएको बढो मार्मिक ढंगले निर्भिक भै बाल मानो विज्ञानको झल्को दिने गरि प्रस्तुत गरेका छन् । यसै क्रममा, प्रार्थनाको निरर्थकताअन्तर्गत  सन्तोषी माताको व्रत बसी आमाको स्वास्थ्यलाभको कामना गर्दा पनि आमाको निधन भएपछि उनको मनमा ईश्वरप्रति ठूलो वितृष्णा जाग्यो । “बालमनको मेरो विवेकले सारा दोष ईश्वरमा देखेको थियो । उनले खोसेर लगे हामीसित हाम्रो आमालाई ।’’ भन्ने भनाई कम मार्मिक र हृदयस्पर्शी छैन ।


 कम्युनिस्ट विचारधाराको प्रभावः  


 यो  घटना र परिघटनाले गर्दा उनमा कम्युनिस्ट समूहमा आवद्ध भएपछि र कार्ल माक्र्सको “धर्म अफिम हो’’ र फ्रेडरिक नित्जेको “गड इज डेड’’ जस्ता दर्शनहरूले उनको नास्तिकताप्रतिको अवधारणालाई थप बल प्रदान ग¥यो । सायद उनी जलजलाकै मास्के की सन्तान हुन्  कि भन्ने जस्तो लाग्छ । त्यस अर्थमा सम्पन्न परिवारसंग नै उनको आबद्धता हुनु पर्छ भन्ने आंकलन गर्न सकिन्छ ।  


धार्मिकतालाई रुढीवादी र अन्धविश्वासी ठान्ने उनको सोचले भौतिक विज्ञानलाई सबै कुराको उत्तर मान्न प्रेरित ग¥यो, तर पछि उनले यसको सीमा पनि बुझिन् । “धर्म अफिम हो” फेडरिक नित्जेको दर्शन “गड इज डेड’’को धारमा मैले लामो समय नास्तिकताको राम्रै अभ्यास गरेको थिएँ ।’’ लेखेबाट समेत यसको पुष्टि हुन्छ । (क्रमशः) (साँघु साप्ताहिक,२०८२ असार १६)

प्रतिकृया दिनुहोस