• शुक्रबार-श्रावण-१६-२०८२

‘पपुलिस्ट टेरर’ र ट्रम्पको ‘डिल डिप्लोमेसी’को बिचल्ली !

 

चिफ पपुलिज्जम (सस्तो लोकप्रियतावाद) टेरर (आतङ्क)बाट मुलुक र समाजलाई खतरा मात्र हुने रहेछ । त्यो कुरा युक्रेनका जोकर राष्ट्रपति भ्लादिमिर झेलिनोस्कीका कार्यशैली तथा ‘इमेच्योर’ कूटनीतिक क्षमताले प्रस्ट ग¥यो । विश्वमा भौतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक मात्र होइन मानवीय सङ्कट उत्पन्न गरायो । नायक फिल्मको हिरो अनिल कपुरको शैलीमा काम गर्ने नारा दिँदै पपुलिस्टहरू राजनीतिमा आएर उपद्रो, खतरा र विनाश मात्र गरे । जसलाई भूराजनीति र नेपालको पनि अनुभवले प्रष्ट ग¥यो । 


विश्व अनुभव
 पपुलिस्ट भ्रम दिने भेनेजुएलाका राष्ट्रपति ह्युगो चाबेजले सन् २०१३ पछि देशलाई कङ्गाल बनाएर गए । छिमेकी भारतको दिल्लीमा सन् २०१४–२४ सम्म सत्तामा रहेका केजरीवालले दिल्लीवासीको सपना र विस्वासलाई ध्वस्त पारे । भ्रष्टाचारको नारा दिए पनि उनी आफैँ भ्रष्टाचार काण्डमा मुछिए । पाकितानमा इमरान खानले सन् २०१८–२२ को अवधिमा अन्य दललाई चोर र भ्रष्ट भन्दै पपुलिस्ट नारा उरालेर सत्तामा आएपछि आफैँ भ्रष्टचारका कान्डमा परे । यस्ता पपुलिस्टहरूबाट नागरिक र मतदातालाई ठूलो धोका हुँदै आयो । 


नेपाली पपुलिस्ट
 नेपाली राजनीतिमा पटक–पटक पपुलिस्ट र फोस्रा नारा बेचियो । २०६४ सालमा उत्पात गर्ने भ्रम फैल्याएर सत्तामा आएको माओवादीले जनतालाई निराश पा¥यो । प्रचण्डको राजनीति ‘फ्रड र फन्टुस’ रहेछ । २०७९ सालमा स्वतन्त्रका नाममा आएका साउनका गड्यौला जस्ता राजनीतिक समूह र शक्ति चाहिँ भदौरे पानी जस्तो मात्र रहे । पपुलिस्ट, चर्का नारा दिएर सत्तामा आएका झेलिनोस्की र ट्रम्पहरूले भूराजनीतिमा अविस्वास बढाएजस्तै नेपालमा आएका पपुलिस्टहरूले राजनीति र सामाजिक मूल्य नै ध्वस्त पार्दैछन् । भ्रष्टाचारी कार्य गर्ने, बैँक र सहकारी ठग्ने, अबैध धन्दा गर्ने, देश र विदेशमा आर्थिक सञ्जाल निर्माण गरेर लुट्नेहरूले बैकल्पिक राजनीतिको ‘सुगर कोटेड’को पपुलिस्ट नारा बेचेर ठूला कुरा गर्ने गरेका छन् ।


नेपालमा पलाउन खोजेका पपुलिस्ट ‘पेटी ठग’हरूले नेपाली राजनीति र समाज धमिलो पारे । पपुलिस्ट, ठग र आपराधिक गतिविधिमा संलग्नहरू नै राजनीति र सत्तामा आउँने गर्दा राजनीति पुरै अविस्वसनीय बन्दै गएको छ । स्वतन्त्रको नाममा काठमाडौँ महानगरमा विजयी बालेनको गैरकानूनी आदेश र हर्कत अति भएपछि कर्मचारी नै प्रतिरोधमा उत्रिनु प¥यो । भूराजनीति र अर्थतन्त्रको अगुवा मानिएको अमेरिका र राष्ट्रपति ट्रम्पको ‘एग्रेसिभ’ ‘डिल डिप्लोमेसी’ले भूराजनीतिमा अनेकौँ आशङ्का पैदा गरिदिएको छ । युक्रेन युद्ध रोकिनेमा शङ्का पैदा भएको छ । भीडलाई उत्तेजित पार्ने ‘एग्रेसिभ र फ्रड पोलिटिक्स’ले मुलुक र समाजको दिर्घकालीन हित गर्न सक्दैन भन्ने प्रस्ट भयो ।


भूराजनीतिमा खतरा
 ‘इन्टरनेशनल रिलेशन एण्ड डिप्लोमेसी’को आधारभूत अभ्यासलाई समेत ट्रम्पले वास्ता नगर्दा अमेरिकी नीति नाङ्गो हुँदैगयो । कूटनीतिमा आफूलाई चित्त नबुझेको वा आफ्नो हित विरूद्धको तर्क समेत शान्त, घुमाउरो र फरक प्रकारले राख्नुपर्ने न्यूनतम ज्ञानको कमी अमेरिकी राष्ट्रपतिमा देखियो । ‘पपुलिस्ट लिडरशीप’बाट भूराजनीति आक्रान्त र पीडित भएको छ ।  युक्रेनमा ३०० विलियन अमेरिकी डलर खर्च भइसकाले अब उसले अमेरिकालाई रिटर्न दिनुपर्ने कुरा ट्रम्पले यसअघि सिधै बोले । त्यहाँको महत्वपूर्ण प्राकृतिक युरेनियम लगायतका खनिज पदार्थ अमेरिकालाई दिनु पर्ने, त्यस्तो ‘डिल’मा सहमती हुनैपर्ने, अर्काे बाटो युक्रेनसँग नहुने र युक्रेनले युद्ध रोक्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ‘डाइरेन्ट लाइव प्रोपजल’ले दुनियाँलाई हँसायो । लाइभमा बाझबाझ गरेर कूटनीतिक इमेच्योरपनको प्रदर्शन गरियो । ‘डिल डिप्लोमेसी’बाट ट्रम्प ‘इमेच्योर’ देखिए ।

 

यसले ट्रम्पको कूटनीतिक, राजनीतिक, कानूनी, व्यवहारिक, प्राविधिक र सामाजिक क्षमतामाथि नै प्रश्न उठाइदियो । यद्यपि रुसविरूद्ध अमेरिकाले सशस्त्र सामग्री पठाउने सहमति गरिसकेको छ । इलन मक्सले पनि ट्रम्पको साथ छोडेपछि राष्ट्रपतिसँग कूटनीति, विदेश सम्बन्ध र युक्रेन मामला हेर्ने अधिकारीहरू र महाशाखाको कूटनीतिक सीप, ज्ञान, कला र पूर्वतयारीको अवस्था कति कमजोर रहेछ भन्ने देखियो । डिल डिप्लोमेसीले ट्रम्प प्रशासनको हावा खुस्क्यिाइदिएको छ । ट्रम्पको ‘अमेरिका फस्ट’को नीतिलाई उनले प्रस्तुत गर्दा ‘सुगर कोट’ गर्न पनि सकेको देखिँदैन । नाङ्गो पाराले अमेरिका भूराजनीतिमा प्रस्तुत हुँदैछ । 


बढ्दैछन् चुनौती
 पपुलिस्ट र पोलिटिकल्ली इम्येच्योेरहरूबाट भूराजनीतिमा खतरा बढ्दै गएका छन् । विश्वमा सामाजिक सञ्जालको बढ्दो दूरुपयोगको कारण पपुलिस्ट, फ्रड र फन्टुस पात्र तथा प्रवृत्तिले बढी ठाउँ पायो । यसको दुश्प्रभावबाट नेपालको राजनीति समेत प्रभावित हुँदै आएको छ । फ्रड, फन्टुस र आपराधिक कार्यमा जोडिएकाहरूलाई राजनीतिक, सामाजिक र कानूनी दृष्टिकोणबाट नाङ्गेझार तथा बहिस्कार गर्नु आजको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको लागि अत्यावश्यक भएको छ । चर्का र ‘नेशनालिस्ट सोलोगान’बाट ट्रम्प सत्तामा दोहोरिए । विकास, मानव अधिकार, लोकतन्त्र र मानवीय सहयोगको नाममा जारी राखिएको अमेरिकी (युएसएड)को बजेट तथा कार्यक्रम पुरै खारेज गरेर अमेरिकाले गरेको विगतको सहयोगमाथि नै प्रश्न उठाएको छ ।

 


 ट्रम्पको आदेश, नीति र कार्यले भूराजनीतिमा अमेरिकाप्रति अविस्वास पैदा गर्दैछ । अर्कोतर्फ अमेरिकाको भूराजनीतिमा भएको ‘सफ्ट पावर डिप्लोमेसी’को आधार समेत ध्वस्त बन्ने खतरा छ । मानव अधिकार, प्रजातन्त्र र मानवीयता अमेरिकी नीति भएको भनिएकोमा राष्ट्रपतिका कार्य, आदेश र व्यवहारबाट त्यसमा गम्भीर धक्का लागेको देखिन्छ । विगतमा पनि त्यस्ता धेरै घटना भए । सन् १९७५ अघि भेतनाममा गरेको असफल सैन्य हमलाबाट अमेरिकाले शर्मनाक हार व्यहो¥यो । सन् २००६ अघि इराकमा भएको कारबाही र सन् २०२२ फेब्रअरी २४ पछि युक्रेनमा सहयोगका नाममा गरिएका सैन्य कारबाही आदिमा अमेरिकाले गरेको लगानीले ‘कस्तो डिल’का लागि रहेछ भन्ने प्रस्ट पा¥यो । 


 अति उपयोगी प्राकृतिक खनिज, पेट्रोलियम पदार्थ, रणनीतिक समुन्द्रीमार्ग, समुन्द्री स्रोत, पारावहन, यातायात, व्यापार र सैन्य कूटनीति आदिका कारण मात्र अमेरिकाले सैन्य कारबाही गर्ने गरेको हो भन्ने कुरा ट्रम्पको ‘डिल डिप्लोमेसी’ले प्रस्ट गरिदियो । 


जनताको भारी समर्थनबाट सन् २०२४ नोभेम्बर ५ मा विजयी ट्रम्प भूराजनीतिको परिचालन, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनको मामलामा भने ‘इमेच्योर’ नै रहेछन् । मानव अधिकारको वकालत गर्ने अमेरिका ट्रम्पको डाइरेक्ट डिल र ‘क्यासटुक्यास’मा सौदा गर्ने ‘विजिनेश एटिच्यूट’ले उसलाई अनेकौँ प्रकारका कूटनीतिक, वैदेशिक, आर्थिक, सामाजिक, व्यापारिक र भूराजनीतिकलाई तरङ्गित पार्दैछ । चर्का राष्ट्रवादी र पपुलिस्ट नारा लगाएर विजयी भएका ट्रम्पले भूराजनीतिमा त्रास पैदा गरेर अघि बढ्ने नीति लिएका छन् । 


रुस–युक्रेन युद्ध, इजरायल–प्लेस्टाइन युद्ध, भारत–पाकिस्तान युद्ध र इजरायल–इरानमा अमेरिकाले मानवीयताको रक्षामा ध्यान दिन सकेन । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ‘सोलोगान’ लागु गर्न पाइला–पाइलामा ‘डिल डिप्लोमेसी’ गर्दै आयो । नेपालमा रोकिएका एमसीसी प्रोजेक्ट ‘खुल्ने’ भनिए पनि अनेकौँ आशंका रहेका छन् । सारमा एक्ट्रिमिस्ट र पपुलिस्टहरूबाट भूराजनीति जोगाउनु पर्ने देखियो । नेपाली राजनीति पनि अतिवादी र सस्ता, ‘फन्टुस पपुलिस्ट’हरूबाट बचाउनु पर्ने अवस्था छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)
 

प्रतिकृया दिनुहोस