• बुधबार-जेठ-२८-२०८२

तोलामा ६ सयले घट्यो सुनको मूल्य


काठमाडौं । मंगलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

 

सोमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो ।


नेपाल सुनचाँदी महासंघका अनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ ।

 

यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढ़ेर २ हजार १६५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार मंगलवार १० ग्राम चांदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ ।


 

प्रतिकृया दिनुहोस