• बिहीबार-जेठ-२९-२०८२

राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला


काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।


श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए । 


उनले भने, ‘आज जेष्ठ पूर्णिमाको दिन चाँही मणिकेशव नारायणको वार्षिक स्थापना गरेको दिन हो । वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरेको छ ।’


उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ ।
 

प्रतिकृया दिनुहोस