• सोमबार-चैत-२५-२०८१

स्रोत नखुलेको सात लाख रकमसहित विराटनगरबाट एक पक्राउ

 

काठमाडौं - प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

 

उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

 

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

प्रतिकृया दिनुहोस