ए डिभिजन लिग बैशाख २० बाट

काठमाडौं । अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ । ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
साथै, आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा, एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच AFC Club Competition 2025/26 सिजनको बारेमा विस्तृत छलफल भएको थियो।
एन्फा महासचिव किरण राईले यही २०८२ बैशाख २० गतेबाट सो फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले AFC Club Competition 2025/26 सिजनमा भाग लिन पाउने प्रस्ताव गरेका थिए।
एन्फा सिइओ इन्द्रमान तुलाधरले प्रतियोगिताको अन्य विषयका बारेमा प्रष्ट पारेका थिए ।
महासचिवको प्रस्तावमा बैठकमा सहभागी सबै क्लबहरु अत्यन्तै सकारात्मक भइ सहमति जनाएका छन् । प्रतियोगिताको लागि यहि वैशाख १० गतेभित्र टिम दर्ता र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने सहमति पनि भएको छ ।
प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको छ।
प्रतिकृया दिनुहोस