• शुक्रबार-बैशाख-५-२०८२

पत्रकार रजकको हत्याका विषयमा छानविन गर्न माओवादीले दबाब दिने

 

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् । 

 

चैत्र १५ गते राजतन्त्रवादीहरुको आगजनीमा परी हत्या भएका पत्रकार रजकको घर उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर पुगेका हुन् । प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताए । 

 

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारवाही गर्न, सुरेशलाई शहीद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेको थियो । 

 

परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए । अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसंग भेट गरेका थिए ।
 

 

प्रतिकृया दिनुहोस