रौतहट । बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनीबाट प्रहरीले लागू औषध गाँजा सहित मकवानपुर कैलास गाउँपालिका ४ बस्ने वर्ष ३२ को राजन लामा , हेटौडा उपमहानगरपालिका.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र कैलास गाउँपालिका १० बस्ने वर्ष २७ को जिवन ठोकरलाई पक्राउ गरेको हो ।
हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागू औषध गाँजासहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार ईलाक प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम लागू औषध गाँजासहित प्रसौनी गाउँपालिका डा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ६० किलो लागूऔषध गाँजा बरामद गरेको उनको भनाइ छ ।
पचरौता नगरपालिका वडा नं. १ मुसहरीटोलस्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागूऔषध गाँजा वरामद गरीएको उनले बताए । भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ । यस विषयमा आवश्यक अनुसन्धान र कानूनी कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिकृया दिनुहोस