• शनिबार-बैशाख-६-२०८२

शिलान्यास बहिस्कार गर्ने मेयर रेणु अन्ततः भरतपुर सडकको उद्घाटनमा

 

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ । हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् ।

 

सो उदघाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 

सो सडक निर्माण शिलन्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उदघाटन समारोहमा भने उपस्थित भएकी छिन् ।

 

तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइनन् । त्यस बेला ओलीले ब्यंग्य गर्दै भनेका थिए, 'मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।'

 
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।


 

प्रतिकृया दिनुहोस