काठमाडौं । विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।
विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् ।
उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्यवादनको समूह समेत रहेको बताइएको छ । उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् ।
त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथावाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस