काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । निरन्तर अग्रता लिइरहेका मिश्रले १९० मतले श्रेष्ठलाइ पछि पारेका छन् ।
कांग्रेस एमाले निकट मिश्रले ४८५ मत पाउँदा नेकपा माओवादी निकट रमणले २९५ मत मात्रै ल्याएका छन् ।
महासचिवमा केदार कोइरालाले ४९३ मत ल्याउँदा यज्ञमणि न्यौपानले २४४ मत मात्रै पाएका छन् भने कोषध्यक्षमा जगतबहादुर कार्कीले ५०९ मत पाउँदा दिपक राईले २२८ मतमा सिमित छन् ।
प्रतिकृया दिनुहोस