काठमाडौं, २५ चैत । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’ हुने बताईएको छ ।
तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुनेछ । राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्बजनिक गरिसकेको छ ।
प्रतिकृया दिनुहोस