दिक्तेल, खोटाङ । कभी गाउँघरको कुनामा सीमित पारम्परिक स्वाद अहिले बोतलको लेबलमा आधुनिक पहिचानसहित बजारमा छाएको छ। खोटाङको दिक्तेल बजारमा उत्पादन सुरु गरिएको 'तीनपाने रक्सी'—अहिले ‘अयला’ र ‘आराखा’ नामले चर्चामा छ।
तीनपाने केवल एक मदिरा होइन—यो संस्कृति, परम्परा र समुदायको कथा हो। 'अयला' ले नेवार समुदायको मौलिक स्वादको प्रतिनिधित्व गर्छ भने 'आराखा' ले किराँती समुदायको आत्मीयता बोकेको छ। ग्रामीण महिलाको आत्मनिर्भरता, परम्परा र आधुनिकताको मेलमिलापको यो कथा साँच्चिकै अनुकरणीय छ।
स्थानीय महिलाहरूको समूह र सामूहिक प्रयासमा अर्ग्यानिक कोदोबाट परम्परागत शैलीमा तयार पारिएको तीनपाने अहिले ब्राण्डिङको नयाँ युगमा प्रवेश गरिरहेको छ।
५०० एमएल र २५० एमएलका आकर्षक प्याकेजिङमा उपलब्ध यो उत्पादनले स्थानीय स्वादलाई आधुनिक बजारसम्म पुर्याएको छ।
गाउँको स्वाद, शहरको बजार
परम्परागत स्वादमा बनाइएको भए पनि अयला र आराखाले सहरिया बजारको स्वाद र मान्यतालाई समेत जित्न थालेको छ।
उत्पादक समूहका अनुसार—काठमाडौंका अर्ग्यानिक फुड स्टोर, रेष्टुरेन्ट, बार र उपहार पसलहरूमा समेत अयला र आराखा पठाउने तयारी भइरहेको छ।
उद्यमशील महिलाहरूको भनाइ छ—
"हामीले यो स्वादलाई नयाँ पुस्तासम्म पुर्याउने सपना देखेका थियौं। अहिले त्यो सपना आकार लिन थालेको छ।"
प्रधानमन्त्रीसँगको भेट, आत्मबलको ऊर्जा
‘अयला’ र ‘आराखा’ को अगुवाई गरिरहेकी उद्यमी जुना राई का अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आत्मबल र उर्जा थपिएको छ।
जुनाले भनिन्—
"प्रधानमन्त्रीज्यूले हाम्रो परम्परागत सीपको प्रशंसा गर्नुभयो। उहाँबाट सकारात्मक प्रतिक्रिया पाएपछि हामीलाई झनै लाग्यो—हामीले ठिकै गरिरहेका छौं।"
ब्राण्डिङसँगै गाउँको पहिचान
तीनपाने केवल एक मदिरा होइन—यो संस्कृति, परम्परा र समुदायको कथा हो। 'अयला' ले नेवार समुदायको मौलिक स्वादको प्रतिनिधित्व गर्छ भने 'आराखा' ले किराँती समुदायको आत्मीयता बोकेको छ। ग्रामीण महिलाको आत्मनिर्भरता, परम्परा र आधुनिकताको मेलमिलापको यो कथा साँच्चिकै अनुकरणीय छ।
यी ब्राण्डहरू स्थानीय स्वाद मात्र होइन, स्थानीय सीप, स्रोत र स्वाभिमानको पनि प्रतीक बन्न पुगेका छन्।
भविष्यमा अझै ब्राण्डहरू आउँदै
उत्पादन समूहका अनुसार बजारको प्रतिक्रिया हेरेर आगामी दिनमा थप स्वाद र ब्राण्ड समेत उत्पादनमा ल्याइने छ। तीनपानेको लोकप्रियतासँगै खोटाङको गाउँहरूमा रोजगारी र आयआर्जनको सम्भावना पनि फस्टाउँदै गएको छ।
प्रतिकृया दिनुहोस