काठमाडौं, ५ बैशाख । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसहमत रूपमा निर्वाचित भएका छन ।
काठमाडौंमा बिहीबार राती सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाश प्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत निर्वाचित गरिएको हो ।
महाधिवेशनले उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे चयन गरेको छ भने सचिवहरूमा (संगठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग) मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका छन ।
महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ । जसअनुसार लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन ।
महाधिवेशनले पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ । महाधिवेसनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
प्रतिकृया दिनुहोस