• शुक्रबार-बैशाख-५-२०८२

सशस्त्र प्रहरीको झण्डा सँगै सगरमाथा आरोहणमा बोहोरा: सेवा भावनाको अद्वितीय उदाहरण

फाेर्सकाे मायाले भरिएको साहसी अभियान, सगरमाथा चढ्नेमार्फत संगठनको सन्देश विश्वभर


काठमाडौं, चैत्र २८ । सशस्त्र प्रहरी बल नेपालका पूर्व हवल्दार अक्कल बहादुर बोहोरा विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेस्ट) आरोहणको तयारीमा छन्—तर यसपटक उनको यात्रामा केवल व्यक्तिगत लक्ष्य छैन।


उनी सँगै बोकेको छ सशस्त्र प्रहरी बल नेपालको आधिकारिक झण्डा, जुन गौरवको प्रतीक मात्र होइन, संगठनप्रतिको गहिरो प्रेम र समर्पणको प्रतिरूप हो।

 

चैत्र २८ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, स्वयम्भुमा आयोजित विशेष कार्यक्रममार्फत सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ले बोहोरालाई औपचारिक रूपमा झण्डा हस्तान्तरण गर्नुका साथै सफल आरोहणको शुभकामना दिँदै हार्दिक विदाई गर्नुभयो।

 

संगठनको मायाले भरिएको साहसी अभियान


सेवाबाट अलग भएपछि बोहोरा लामो समयदेखि स्पेनमा बसोबास गर्दै आइरहनु भएको थियो। भौगोलिक दूरीले उनको आत्मीयता र संगठनप्रतिको भावना भने कम भएको थिएन।
उनले भावुक हुँदै भने—

"संगठनले मलाई माया गर्‍यो, भविष्य देखायो। अब म केही फर्काउनु पर्छ भन्ने लागेर सशस्त्र प्रहरीको झण्डा बोकेर सगरमाथा चढ्न लागिएको हुँ।"

 

यो अभिव्यक्ति केवल एक जनाको भाव मात्र होइन, समर्पण, कर्तव्य र राष्ट्रसेवाको असल उदाहरण हो।

 

सेवापछिको उदाहरणीय पहलकदमी


सामान्यतः सेवाबाट निवृत्त भएपछि विश्रामतर्फ लाग्ने धेरैका अपेक्षाविपरीत, बोहोराले एक प्रेरणादायी मार्ग रोजेका छन्। सगरमाथा आरोहणको निर्णय केवल व्यक्तिगत साहसिकता नभई संगठन र राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सार्थक प्रयास समेत हो।

 

सगरमाथा चढ्ने क्रममा उनीसँग सशस्त्र प्रहरी बलको झण्डा रहनेछ, जुन शिखरमा पुगेपछि विश्वले देख्नेछ—नेपाली सुरक्षाकर्मीको साहस, आत्मा र पहिचान।

 

महानिरीक्षकको शुभकामना र सम्मान


झण्डा हस्तान्तरण समारोहमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले बोहोराको यो अभियानलाई 'गर्वको क्षण' भन्दै शुभकामना दिनुभयो।
उहाँले भने—

"यो केवल एक व्यक्तिको आरोहण होइन, सशस्त्र प्रहरी बलको गौरव, अनुशासन र साहसको सन्देश सगरमाथासम्म पुर्‍याउने ऐतिहासिक कार्य हो।"

 

सगरमाथा चढ्नेमार्फत संगठनको सन्देश विश्वभर


सशस्त्र प्रहरी बलको झण्डा बोकेर सगरमाथा चढ्नु केवल एक प्रतीकात्मक कार्य मात्र होइन, यो राष्ट्रिय सुरक्षा संस्थाको विश्वमाझ उपस्थिति र नेपाली सेनानीको जुझारुपन देखाउने एक अनुपम अवसर पनि हो। बोहोरा जस्ता सदस्यले देखाएको समर्पणले भावी पुस्तालाई पनि संगठनप्रतिको निष्ठाको गहिरो पाठ सिकाउनेछ।

प्रतिकृया दिनुहोस