काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन् । आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित उनले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराएका छन् ।
घिसिङले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बदर गर्न माग गरेका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले बदनियत राखेर आफूमाथि पटक-पटक स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनले निवेदनमा दाबी गरेका छन् ।
कुलमानलाई बर्खास्त गरेर सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्त गरेको थियो । शाक्यले आफ्नो पदभार ग्रहण गरिसकेका छन् । कुलमानलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै विपक्षी पार्टी माओवादीसहितले प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् ।
प्रतिकृया दिनुहोस