• मंगलबार-चैत-१९-२०८१

मन्जली तामाङको 'गरिबलाई कानून' गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको गायन

काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’  सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको दावी गरिएकाे छ । 


गीतलाई मन्जली तामाङ - लेडी र्यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।

 

गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्यापर), निमा लामा, र निमा लामा (र्याप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ।

 

गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्।गरेका छन् । गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ ।


 भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।

 

सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् । 


गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्:"यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।"उनका सह-कलाकारहरूले पनि यो गीतले नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।

प्रतिकृया दिनुहोस