• बुधबार-चैत-२०-२०८१

वसन्तपुरस्थित बङाली टोलाका २९ घर जले

 

इनरुवा (सुनसरी), १८ चैत : सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन् । 

 

विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूण रूपले जलेर नष्ट भएका  प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो । आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिनुभयो ।

 

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा अंसिक रूपमा क्षति भएको छ । यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो ।

 

यसैबीच अग्नीपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस