• मंगलबार-चैत-१९-२०८१

घोडेजात्रा २०८१ सम्पन्न, अमलदार पर्शुराम बुढामगर प्रथम हुन सफल

टेन्ट पेगिङ्गमा जमदार शेषराज खड्का प्रथम तथा सिपाही लक्ष्मण रावल द्वितीय

 

काठमाडौँ, २०८१ चैत्र १६ – नेपाली सेनाको आयोजना तथा सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्प तथा सैनिक डगहरूको कला प्रदर्शन गरिएका थिए। सो-जम्प विधामा अमलदार पर्शुराम बुढामगर प्रथम तथा सिपाही अरुण थापा द्वितीय स्थान हासिल गरे।

 

यस्तै, टेन्ट पेगिङ्गमा जमदार शेषराज खड्का प्रथम तथा सिपाही लक्ष्मण रावल द्वितीय भए । विजेताहरूलाई प्रमुख अतिथि राष्ट्रपतिबाट पुरस्कार प्रदान गरियो ।

 

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखसहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचारीहरूको उपस्थिति थियो। साथै, सञ्चारकर्मी तथा सर्वसाधारणले समेत घोडेजात्राको अवलोकन गरेका थिए।

 

प्रतिकृया दिनुहोस