• मंगलबार-चैत-१९-२०८१

भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा तीन जनाको श व फेला

 

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।

 

पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका-४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन् । 

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । 

 

भक्तपुरको सूर्यबिनायक नगरपालिका-७ गुण्डु नाक्के डाँडा जंगलस्थित खानेपानी ट्याङ्की नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

 

प्रतिकृया दिनुहोस