धनुषा, २०८१ चैत्र १५ – सशस्त्र प्रहरी बल, नं. ८ गण धनुषा तथा प्र.सी. सु. गुल्म जटहिबाट खटिएको सुरक्षा टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–५ स्थित गंगोलीबाट करिब ७ लाख २० हजार रुपैयाँ बराबरको तस्करीका लत्ताकपडा र ज १ च १३०० नम्बरको टाटा सुमो गाडी नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका लत्ताकपडा तथा गाडीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तस्करी नियन्त्रण तथा गैरकानूनी क्रियाकलाप रोकथामका लागि सुरक्षाकर्मीहरूको गस्ती र निगरानी थप कडा बनाइने अधिकारीहरूले बताएका छन्।
प्रतिकृया दिनुहोस