• शनिबार-चैत-१६-२०८१

आनन्द हस्पिटलका सञ्चालक जयसवाल पक्राउ

 

रौतहट । रौतहटको शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो होस्पिटल मापदण्ड पूरा नगरि सञ्चालन गर्दै आएको थियोे । 

 

केही दिन अघि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो ।

 

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ । 

 

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो । तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै विरामी भर्ना गरेको आरोप लागेको छ  । तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस