• मंगलबार-चैत-५-२०८१

मिडिया ट्रायलबाट आफूहरु हामी कलेजका पदाधिकारी दुःखी भएका छाैं

काठमाडौं स्कूल अफ ल ले भन्यो, ‘आरोपहरु आधारहीन मात्रै नभई सामाजिक मर्यादाविपरीत’


काठमाडौं । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफू र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले २०८१ चैत ३ गते आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको हो ।

 

दसकौ देखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सांस्कृतिक रुपमै विदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो ।


एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्रध्यापकहरुमाथि अश्लील गालीगलौच गर्दै विभिन्न मनगढन्ते अरोपहरु लगाउने र उनैले समाजिक सञ्जालमार्फत लगाएको आरोपका आधारमा सञ्चार माध्यमहरुमार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भीर ध्यानाकर्षण भएको जनाउदै समाचार लेख्नु अघि कम्तीमा तथ्यहरुको जाँच गरिदिन कलेजले आग्रह गरेको छ ।


कलेजबाट भर्खरै पास आउट भएकी एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौलालगायत केही प्राध्यापकविरुद्ध धारा प्रवाह गालीगलौज गर्दै विभिन्न आरोप लगाउदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।


घटनाक्रमहरुले निज विद्यार्थी नभई कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरु केही दिनदेखि पीडित रहेको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ- यस्ता सामाजिक मर्यादा विपरीत र मानवअधिकार विरोधी गतिविधिप्रति दु:ख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन” । यस घटनाले जुनसुकै व्यक्तिले जुनकुनै अवस्थामा जो माथि पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथि गंभीर झापट हानेको समेत कलेजले जनाएको छ ।


सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिले झुटा र तथ्यहीन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समेत समाचार बनाउने कार्यले दसकौको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको कलेजले जनाएको छ ।

 

यदि कसैको कुनै गुनासो भए र आरोप भए त्यसको छानबिनका लागि राज्यका स्थापित न्याय प्रणालीको साहरा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुने गरि सुरु गरिएको मिडिया ट्रायलबाट आफूहरु दुःखी भएको बताउदै कलेजले भनेको छ-यस्तो प्रवृत्तिले कस्तो समाजको निर्माण होला । सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यही बहस गरिने र त्यही फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पुर्याउला ?


पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा. युवराज संग्रौलाले आफू जस्तो सुकै अनुसन्धान र छानबिनका लागि तयार भएको भएपनि यस घटनाबाट आरोप लगाउने व्यक्ति भन्दा उनका कारण आफूहरु वास्तविक पीडित रहेको बताएका छन् ।

 

२५ वर्षको गौरवपूर्ण इतिहास बोकेको काठमाडौं स्कुल अफ ल र आफू माथि कथा बुनेर नियोजित रुपमा षडयन्त्र गरि यस प्रकारको आक्रमण सुरु गरिएको बताउदै डा. संग्रौलाले भन्नुभयो - यस कलेजमार्फत आफूले दसकौ देखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सांस्कृतिक रुपमै विदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो ।

 

यद्यपि उठेका सन्दर्भहरुका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानबिन समिति निर्माण गरिसकिएको जनाउदै आवश्यक परे राज्यका अन्य निकायहरुले पनि छानबिन गर्न सक्ने डा.संग्रौलाको भनाई थियो ।

 

आफूकहाँ अध्ययनरत कुनैपनि आस्था र विश्वासका विद्यार्थीलाई कुनै पनि विभेद नगरिएको स्पस्ट गर्दै डा.संग्रौलाले भन्नुभयो : आफू अभिभावक भएकाले उनीहरुलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो । आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानूनी अध्ययनका क्षेत्रमा एउटा अन्तराष्ट्रिय स्तरको संस्था पाएको संग्रौलाले स्मरण गर्नुभयो ।


केही दिन देखि डा संग्रौला र काठमाडौं स्कुल अफ लका पदाधिकारीहरुविरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जालमार्फत गालीगलौज र मिथ्या आरोप लगाउने गरिएको छ । पटक पटक भिडियोमार्फत बर्बराहटको शैलीमा प्रस्तुत हुने ति छात्राले घरि संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने नदिए सिध्याइदिने धम्की दिने गरेको देखिन्छ ।


   यौनिक टिप्पणी गर्ने गरेको भनि उनले तथ्य भन्दै सार्वजनिक गरेको बिषय भनेको संग्रौलाले लभ अफयर्समा नपर्न र आफ्नो करिअरतर्फ फोकस हुन भनि बोलिएको विषयलाई मानिएको छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरुलाई र एउटा शिक्षकले आफ्ना विद्यार्थीलाई सम्झाउदा भन्ने सामान्य विषय समेत यौन दुर्व्यवहारको विषय मान्ने हो भने यहाँ परिवारको अस्तित्व कहाँ रहला ? सञ्जालमार्फत खुल्ला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरुलाई मात्रै होइन आफ्नै हजुरबुवालाई समेत बलात्कारी भएको अमर्यादित टिप्पणी गरेको देखिन्छ ।

 

प्रतिकृया दिनुहोस