काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ बर्षिय वार्नरले यो जानकारी आफैंले सार्बजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेका छन् ।
वार्नरले लेखेका छन्, 'भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु ।'
शनिबार, फिल्म निर्माताहरूले डेभिड वार्नरको एउटा पोस्टर सेयर गरेर उनलाई स्वागत गरेका थिए । जसमा लेखिएको थियो, 'बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।' फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, 'ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म । स्वागत छ भाइ डेभिड वार्नर ।'
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन् ।
प्रतिकृया दिनुहोस