• आइतबार-चैत-३-२०८१

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’


काठमाडौँ, २ चैत : भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु  ५० हजार एक राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ ।

 

उहाँलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मानपत्र र खादा ओढाउँदै सम्मान  गर्नुभयो । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ । 

 

सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको  बताउनुभयो । उहाँ स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित हुनुहुन्छ । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उहाँको मात्र चित्र राखिएका छन् ।

 

साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो भने प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गर्नुभएको थियो । 

–––

 

 

प्रतिकृया दिनुहोस