• सोमबार-असार-१६-२०८२

गायक समीर आचार्य चर्चाका चुलीमा ‘ब्लक हान’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ ।


करोडौं दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन् ।


समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन् । म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ ।


गायक समीर भन्छन् ‘म कुनै पनि गीतमा कम्प्रोमाइज र भिडियोमा कम्प्रोमाइज नगर्ने गायक हुँ, पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन् । उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ।’


लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन् । शब्द संगीत गायन स्वयंको रहेको छ ।


म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफर/डिरेक्टर बद्री बिष्टको रहेको छ । छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ ।

 

 म्युजिक भिडियो ब्लक हान बद्री बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस