• सोमबार-असार-१६-२०८२

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

 

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा आएको बाढीले सडक अबरुद्व भएको छ । गएरातिदेखि आएको  अविरल वर्षापछि गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

 

कालिकोटको गगनेखोलामा ठूला ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजेदेखि सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । उनका अनुसार पहिरो पन्छाउनका लागि हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको छ ।

 

वर्षातको समय भएकाले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुरोेध गरेको छ । सडक अबरुद्व भएपछि मुगु,जुम्ला देखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी रोकिएका छन्भने यात्रुरुहरु अलपत्र परेका छन् ।
 

 

प्रतिकृया दिनुहोस