• सोमबार-असार-१६-२०८२

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।


दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने बताइएको छ । यसका साथै, पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिने बताइएको छ ।

 

बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी  गराउने कांग्रेसले जनाएको छ  ।

 

छलफलका मुख्य एजेन्डाहरूमा भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्था रहेका छन् ।
 

 

प्रतिकृया दिनुहोस