• शनिबार-फाल्गुण-१०-२०८१

एपीएफका खेलाडी प्रदीप लामाको उपचार भरतपुरमा हुँदै


मकवानपुर । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपीएफको खेल चलिरहँदा खेलका क्रममा घाइते भएका एपीएफका प्रदीप लामालाई भरतपुर लगिएको छ ।

 

शहीद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदानमा नै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदानमा नै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो ।

 

प्रदीपको हाल भरतपुरमा उपचार भईरहेको क्लबले जनाएको छ । शुक्रबारको उक्त खेलमा एपीएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो ।
 

 

प्रतिकृया दिनुहोस