• आइतबार-फाल्गुण-४-२०८१

भक्तपुरमा चोरको बिगबिगी, तामाङ र खडकाको स्कुटर चोरी

 

काठमाडौं ।  भक्तपुरमा दिनदहाडै  स्कुटर चोरी भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ बाट विशाल खड्काको स्कुटर चोरी भएको हो । गत माघ २९ गते बिहान पार्किङ गरेर राखेको रातो रंगको बा ०२-०५२ प ४७५० नम्बरको डिओ स्कुटर दिउँसो ३ बजे  चोरी भएको बताइएको छ ।

 

त्यस्तै अघिलो दिन माघ २८ गते राति ठिमीको सुन्दरनगरबाट पार्वती तामाङको बा ०२-०५२ प ००९३ नम्बरको रातो स्कुटर मध्यरातमा चोरी थियो । चोरी भएको स्कुटर अझै पत्ता लगाउन नसकिएकोले कसैले देखेमा ९८४११४५९३३ नम्बरमा वा नजिकको प्रहरीलाई खबर गर्दिन तामाङले अनुरोध गरेकी छन् ।

प्रतिकृया दिनुहोस