• बुधबार-फाल्गुण-७-२०८१

अन्ततः धुलाम्य सडकमा भेटिएकी महिलालाई परिवारको जिम्मा लगाए वडा अध्यक्ष कुँवरले

काभ्रे। काभ्रेको भुम्लु गाउँपालिकाका एक वडा अध्यक्षले सडकमा भेटिएकी महिलाको उद्धार गरी परिवारलाई जिम्मा लगाएका छन् ।

 

वडा नम्बर ४ का वडा अध्यक्ष लोक बहादुर कुँवरले काठमाडौँबाट भुम्लु फर्किंदै गर्दा भुम्लु सडकमा धुलाम्य अवस्थामा भेटिएकी महिलाको उद्धार गरेका हुन् ।

 

अध्यक्ष कुँवरले भुम्लु सडकमा धुलाम्य अवस्थामा ती महिलालाई देखेपछि उक्त महिलाको फोटो सबै वडाका वडा अध्यक्षहरुलाई पठाएर जानकारी गराएका थिए ।

 

अन्त्यमा ती महिलाको ठेगाना वडा नम्बर १ सापिङस्थित साइछाप रहेको पत्ता लगाएपछि अध्यक्ष कुँवरले परिवारलाई बोलाएर जिम्मा लगाएका छन् ।

 

पछिल्लो समय वडा अध्यक्ष कुँवर पालिकाभरिका वडा अध्यक्षहरुभन्दा अब्बलमा गनिएका छन् ।

 

यस अघि पनि अध्यक्ष कुँवरले सोही वडाका गम्भीर घाइते दलित बच्चालाई सहयोग उठाएर ज्यान बचाएका थिए ।

 

प्रतिकृया दिनुहोस