नयाँ दिल्ली, ३ फागुन (रासस/सिन्ह्वा) : उत्तरी भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन् ।
उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् ।
मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो । मृत्यु हुनेहरू मध्य राज्य छत्तीसगढका थिए । उनीहरू पवित्र स्नान गर्न प्रयागराज जाँदै थिए । मध्य प्रदेशको अर्को राज्यका करिब २५ यात्रु बोकेको बस प्रयागराजबाट आउँदै गर्दा दुर्घटना भएको हो ।
पश्चिमी राज्य गुजरातको दाहोद जिल्लामा शुक्रबार राति गाडी पार्किङ गरिएको बससँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
---
प्रतिकृया दिनुहोस