मुम्बई । भाइजान अर्थात सलमान खान यही ईदमा फिल्मको पर्दामा भब्य रूपमा आउँदैछन् । उनको बहु प्रतिक्षित चलचित्र ‘सिकन्दर’ को तयारी लगभग पूरा भएको छ । बाँकी रहेका साना कामहरू जुनसुकै मूल्यमा फ्रेबुअरी मसान्तसम्ममा पूरा गर्नु पर्नेछ । एआर मुरुगादासले फिल्मको सम्पादनको काम पनि एकैसाथ चलिरहेको छ । यस्तो अवस्थामा फ्यानले चिन्ता लिनुपर्ने अवस्था छैन किनभने यो फिल्म इदमा मात्रै रिलिज हुनेछ ।
तर ‘सिकन्दर’ भन्दा पनि सलमान खान र एट्लीको फिल्मको कुराले अहिले अलि बढी नै चर्चा पाएको छ । एट्ली ठूलो फिल्म बनाउने तयारीमा छन् । यही कारण शाहरुख खानको ‘जवान’ भन्दा बढी बजेटमा यो तस्विर बनिरहेको छ । एटलीको अर्को फिल्मको अस्थायी शीर्षक हो, ए ६ । चलचित्र अहिले प्रि–प्रोडक्सन चरणमा छ । तर यसले धेरै हेडलाइन्स पाइरहेको छ।
यसैबीच, बलिउड हंगामामा एक रिपोर्ट प्रकाशित भएको छ। यो फिल्म ५ सय करोडको ठूलो बजेटमा बन्ने बताइएको छ । यो भारतीय सिनेमाको महँगो फिल्म मध्ये एक हुनेछ । वास्तवमा शाहरुख खानको ‘जवान’ को बजेट ३०० करोड थियो । फिल्मले एक हजार करोडभन्दा बढी कमाएको थियो ।
सलमान खान र एट्ली एक्शन फिल्मको लागि सँगै आउँदैछन्। रिपोर्टका अनुसार यो एक पिरियड ड्रामा हुनेछ, जसमा एट्लीले एउटा अनौठो र फरक संसार बनाउने योजनामा रहेका छन् । वास्तवमा एटली मात्र होइन, सलमान खान पनि उनीसँग काम गर्न निकै उत्साहित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
यही कारणले गर्दा उनी फिल्ममा ट्रान्सफर्मेसन गर्न पूर्णरुपमा तयार छन् । यो फिल्मका लागि उनले तौल घटाउनु पर्ने सर्त राखिएको छ । जसका कारण ए ६ मा उनको विशेष लुक हुनेछ।
एट्ली स्वयंले अपकमिङ फिल्मको बारेमा संकेत दिइसकेका छन्। सलमान खानलाई पनि प्रोजेक्टको बारेमा सबै कुरा भनि सकिएको छ । यसैबीच स्क्रिप्टको काम पनि लगभग सकिएको खुलासा भएको छ । अहिले सम्पूर्ण टिम मिलेर तयारी गरिरहेको छ । चलचित्रको औपचारिक घोषणा पनि छिट्टै हुने बताइएको छ ।
यद्यपि एट्लीले फिल्मको बारेमा धेरै जानकारी भने अझै दिएका छैनन् तर केही संकेत भने उनले दिइ सकेका छन । उनले कास्टिङमा दर्शकको अपेक्षा पूरा गर्ने बताए । वास्तवमा फिल्मको फाइनल कास्टिङ भइसकेको छ । भनिन्छ, रजनीकान्त बाहेक रश्मिका मन्डन्नाले पनि सलमान खानसँग फिल्ममा काम गर्न सक्छिन् तर यसको कही कतैवाट अहिलेसम्म केही पुष्टि भइसकेको भने छैन् ।
प्रतिकृया दिनुहोस