• बुधबार-माघ-३०-२०८१

विङ कमाण्डर राकेश शर्मा पछि शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय

 

नयाँदिल्ली, २१ माघ । भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जादैँछन् । र, यसका साथै शुभांशु अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो भारतीय हुनेछन् ।

 

उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा सन् १९८४ अप्रिलमा अन्तरिक्ष पुगेका थिए । शुभांशु शुक्ला भारतीय वायुसेना अधिकारी हुन् । उनको मिसन १४ दिनसम्म रहनेछ । यस मिशनको उद्देश्य अनुसन्धान गर्नु हो। पेग्गी ह्वाइटसन यस मिसनको कमान्ड हुनेछन् । 

 

शुभांशु शुक्ला एक्सियम मिसन ४ को पाइलट हुनेछन् । शुभांशु शुक्ला इसरोको मिसन गगनयानका लागि तालिम लिइरहेका छन् । एक्जिमले भने, ‘नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक्स–४ मा सन् २०२५ भन्दा पहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जानेछन।’

 

शुभांशु शुक्लाले पनि भने, ‘म यो मिसनबाट निकै उत्साहित छु । आशा छ, मैले पाएको तालिमले यो मिसनलाई राम्ररी पूरा गर्न सक्छु ।’

 

भारतीय वायुसेनामा सेवारत समूह क्याप्टेन शुभांशु शुक्लालाई पनि इशोरोले भारतको गगनयान मिशनको लागि अन्तरिक्ष यात्रीको रूपमा चयन गरिसकेको छ । इशोरोले ले नै उनलाई एक्स–४ मिशनको लागि नासा पठाएको हो । समूह क्याप्टेन शुभांशु शुक्लाले एनडीटीभीलाई बताए कि उनी माइक्रोग्रेभिटीमा गएर अन्तरिक्ष उडानको अनुभव गर्न निकै उत्साहित छन । मिसनको गति हरेक महिना बढ्दै छ। उनीहरूलाई लाग्छ कि यो फेज हो, जहाँ सबै कुरा मिलिरहेको छ ।

प्रतिकृया दिनुहोस