राजनीतिमा फेरि ‘आउटडेटेट फर्मुला’ !
‘फन्टुस’ र ‘फ्रड’हरू राजनीतिमा आए । दल खोले । विस्तारै अस्ताए । नयाँहरू सकिँदैछन् । फेरि नयाँ दल खोलिँदैछ । किन हुन्छ ? कुनै दर्शन, विचार तथा मूलतः आन्दोलनको इतिहास नभई अर्काेलाई गाली वा हिँसाबाट आउने प्रवृत्तिलाई समाजले पचाएन । माओवादी यहीकारण ‘आउटडेटेट’ पथमा गयो । रत्नपार्कमा चटकेले गानो–गोला, क्यान्सर, सुगरको ‘एउटै गोली’ बेचेजस्तो राजनीति अब चल्दैन ।
अराजक आरोप
आफूलाई ‘स्वतन्त्र दल’ भन्ने केही समूह र दलका काम भनेको अराजक गाली र आरोप लगाउनु मात्र भयो । अर्काे पक्षलाई तथानाम गैरराजनीतिक आरोप एवम् आक्षेप लगाउने नेता वा विचारकलाई मानिसहरूले ताली लगाउँछन् भन्ने भ्रम रह्यो । लोकतान्त्रिक–गणतान्त्रिक विश्व चेतनाको युग र सूचनाको पहुँचको समयमा कसैले कति गाली गर्न सक्दछ भन्ने कुराले मात्र कसैले कसैलाई समर्थन गर्दैन । अराजक शैली र सोचले संगठन बन्दछ भन्ने खाले भ्रम पनि साँघुरो कुरा हो । सही र उचित त त्यो हो जसले अर्काे पक्ष वा विपक्षीलाई कम भन्दा कम आक्षेप र गाली गर्दछ । सफल नेता र विचारक त त्यो हो जसले आफ्नो नीति, विचार, दर्शन, मूल्य, कार्यक्रम र कार्ययोजना पेश गरी आम मानिस र नागरिकहरूको विस्वास जित्न सक्दछ । चर्का कुरा र गालीको भरमा आएका विवेकशील साझा नामक समूह हरायो । रास्वपा हराउने बाटोमा छ । यही हराउने बाटोमा माधव नेपालको दल पुग्दैछ ।
अहिले भीम रावलको हल्ला गर्ने बहाना केही बाँकी छैन । उनको मति जस्तै गति पनि उस्तै हुन्छ । काम छैन । यति मात्र हो–गणतन्त्रमा बोल्न चाहिँ पाइन्छ । तर के बोल्ने ? कस्तो बोल्ने ? कति बोल्ने ? केका लागि बोल्ने ? त्यो कुरा बोल्नेले ख्याल गर्नुपर्दछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई गाली गरेर नेता बन्ने दिन गए । त्यो अस्त्र आउटडेटेट भयो । आफूले आफ्नो योग्यता देखाउनु पर्दछ । वैचारिक, सैद्धान्तिक, कार्यक्रमिक, भिजन र विचार सहितको संगठन लिएर आउन सक्नु प¥यो । प्रधानमन्त्री ओलीलाई गाली गर्नु कुनै अर्थको काम होइन । रत्नपार्कको रूख चढ्ने मुकुन्देले पनि त्यो गर्न सक्दछ । त्यसरी हुँदैन । अर्थ छैन । अब गणतन्त्र रचनात्मक बनाउन आवश्यक छ ।
कस्तो गणतन्त्र ?
नेपालमा अब गणतान्त्रिक व्यवस्था र संविधान समृद्ध बनाउने तथा विकास मात्र एजेन्डा हुन् । संविधान संशोधन गरे पनि संविधानका आधारभूत संरचनामा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता र विधिको शासनका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर जान सकिन्न । अर्थात संविधानका ती प्रबन्ध उल्ट्याउन सकिन्न । लोकतन्त्रको अब विकल्प बढी लोकतन्त्र मात्र हो । यसर्थ नेता र दलमा लोकतान्त्रिक चरित्र भएन ‘चटकेले रत्नपार्कमा हँसाएको जस्तो’ सस्तो प्रहसन मात्र बन्न पुग्दछ । यही कारण राजनीतिक संस्कार, संस्कृति र मूल्यलाई एकदमै महत्वपूर्ण दर्शन र सामाजिक मान्यता भनियो । गाली गर्ने र आरोप लगाउने नाममा जस्तोसुकै प्रकृतिका जायज–नाजायज आरोप लगाईने गर्नाले राजनीतिक संस्कृति भताभुङ्ग बन्न पुग्दछ । अर्थहीन फौजदारी प्रकृतिका समाज र व्यक्तिविरोधी आरोपले समाजलाई कहाँ पु¥याउँदछ ?
समाज र नागरिकले सिक्ने कारखाना भनेका पनि मूलत ः राजनीति पार्टी, नेताका विचार, धारणा, कार्यक्रम, नीति र दर्शनबाटै हो । लोकतन्त्रमा राजनीतिक संस्कृति र संस्कार बच्न सकेन भने व्यवस्था ‘विहारी गणतन्त्र’ बन्दछ । यसैले राजनीतिमा केवल गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति विग्रने सिवाय केही हुन्न । लोकतान्त्रिक संस्कार र संस्कृति बचाउन सकियो भने एउटा चुनावमा कम सिट जितेर पनि जनविस्वास तथा सामाजिक हैसियत कायम रहने हुन्छ । संस्कृति आफैँमा व्यापक कुरा हो । संस्कृति विग्रियो भने राजनीतिक संगठन मात्र ठूलो बन्ने कुरा दाना र औषधी खाएर मोटाएका ‘ब्रोइलर कुखुरा’ समान हुन पुग्दछन् । जसमा मासु त हुन्छ तर उड्ने क्षमता, सिकार गर्ने कला, समूहमा बाँच्ने सीप, सहयोग र सामुहिकता भन्ने केही बाँकी रहन्न ।
अहिलेका ‘स्वतन्त्र’ भनिएका समूहमा त्यस्तो ‘प्रवृत्ति’ देखिन्छ । राजनीतिमा आफूसँग नभएको समूह, दल वा व्यक्तिलाई तथानाम गाली गर्ने र आरोप लगाउने संस्कार झाङ्गिदै गएको छ । कम्युनिस्टमा ‘कमरेडी भावना’ र ‘हार्दिकता’ बढी हुन्छ भन्ने सिकाइयो, पढाइयो र पढियो । तर, अहिले आफूसँग हुँदा ‘काँधमा बोक्ने’ छुट्टिएकालाई ‘कन्चटमै ठोक्ने’ तरिका देखिन्छ । डा. बाबुराम भट्टराईले अहिले प्रचण्डलाई लगाएको आरोप सुन्दा सुन्नेलाई नै लाज हुन्छ । डा. भीम रावल एमालेमै हुँदा पनि छाडा र भाँडा प्रवृत्तिका थिए । उनले अब गर्ने भनेको केही समय अध्यक्ष ओलीलाई गाली गर्ने मात्र हो । न्यूनतम राजनीतिक संस्कृतिलाई ‘धुजाधुजा’ हुने गरी च्यातच्युत गर्ने असल संस्कृति होइन । नेपाली राजनीतिमा देखिएका अनेकौँ अराजकता र गालीको संस्कृतिले गणतन्त्र समृद्ध बन्न सक्दैन । अराजकताले नेपालको व्यवस्था ‘विहारी लोकतन्त्र’ बन्ने खतरा छ ।
‘आउटडेटेट फर्मुलामा’ दल ?
आरोप–प्रत्यारोप र अराजकतालाई मात्र राजनीतिमा आउने आधार मान्ने सङ्कुचित सोचका केही मान्छेको कारण लोकतान्त्रिक–गणतान्त्रिक संस्कृति धुजाधुजा बन्दै गएको छ । ती दल र प्रवृत्ति धानखेतमा धाँनजस्तै देखिने ‘सामा’ मात्र हुन् । जसमा बोट भए पनि खानेकुरा चाहिँ फल्दैन । अर्थहीन ‘गेडा’ मात्र लाग्दछ । त्यस्तै हुन् अहिलेका विचारविहीन र नीतिहिन समूह । राजनीतिमा नीति, दृष्टिकोण, कार्यक्रम र प्रस्ट विचारलाई प्रमुख मान्नुपर्नेमा अराजक भीडलाई शक्ति ठानियो । नीति, विचार, कार्यक्रम र उद्देश्य अनुकूल तथा अन्तर्रगत संगठन हो । राजनीतिमा नीति, दर्शन, विचार र मूल्य रेलको त्यस्तो लिक हो । जसबाट रेल गन्तव्यमा पुगे जस्तै राजनीतिक संगठन पनि आफ्नो लक्ष्यतर्फ अघि बढ्न सक्नु पर्दछ ।
नीति, विचार र सिद्धान्तले संगठन र आन्दोलनको जगबाट उठेको शक्ति र व्यक्तिलाई एउटा निश्चित गन्तव्यको यात्रा तय गर्न सहज बाटो दिन्छ । हामीले कस्तो विचार र नीति बोकेका छौँ र व्यवहारहरू गर्दछौँ भन्ने कुराले अन्य व्यक्ति र समाजलाई प्रभाव पर्ने र नपर्ने हुन्छ । नीति र सिद्धान्त मानिसको विश्व र समाजलाई हेर्ने विश्व दृष्टिकोण पनि हो । मानव र सामाजिक दर्शन पनि हो । उसले मानव समाज र नेपाली नागरिकहरूलाई कसरी हेर्दछ भन्ने कुरा उसको नीति र दर्शनको उपज हो । मानव समाज र नेपालीहरूप्रतिको नेताको बुझाई, सोच र व्यवहारको कारण मानिसहरू संगठनप्रति आकर्षित हुने वा नहुने पनि हुन्छ । नेपालमा अहिले फेरि ‘आउटडेटेट फर्मुला’ बेच्न खोजिएका छन् । ‘आउटडेटेट फर्मुला’मा रहेर लहडमा दल खोल्ने प्रवृत्ति घातक छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस